images
images

व्यापार र हाइड्रोका कारण उकालो लाग्यो सेयर बजार, वीन नेपाल लघुवित्तको मूल्यमा नेगेटिभ सर्किट

व्यापार र हाइड्रोका कारण उकालो लाग्यो सेयर बजार, वीन नेपाल लघुवित्तको मूल्यमा नेगेटिभ सर्किट

मंगलवार, बैशाख २३ २०८२
मंगलवार, बैशाख २३ २०८२
  • व्यापार र हाइड्रोका कारण उकालो लाग्यो सेयर बजार, वीन नेपाल लघुवित्तको मूल्यमा नेगेटिभ सर्किट
    images
    images
    images
    images
    images
    images

    काठमाडौँ / साताको तेस्रो कारोबार दिन मबाङ्गलबार भने नेप्से परिसूचक सामान्य अङ्कले बढेको छ । पछिल्लो चार कारोबार दिनदेखि निरन्तर घटिरहेको बजार आज व्यापार र हाइड्रो पावर समूहको सूचक बढेसँगै सामान्य बढेको हो । 

    अघिल्ला कारोबार घटेको बजार आज ४.२६ अङ्कले बढेर २६१४.६७ बिन्दुमा पुगेको हो । यसैगरी, सेन्सेटिभ इन्डेक्स १.१५ अङ्क, फ्लट इन्डेक्स ०.१५ अङ्कले र सेन्सेटिभ फ्लट इन्डेक्स भने ०.३८ अङ्कले बढेको छ । 

    नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । सोमबार ७ अर्ब ६३ करोड ४१ लाख रुपैयाँको सेयर कारोबार भएकोमा आज ८ अर्ब ७४ करोड ७६ लाख रुपैयाँबढीको कारोबार भएको हो । 

    त्यस्तै, आज ३१८ स्टकको २ करोड ५ लाख ४२ हजार ७६४ कित्ता सेयर ८० हजार ५४ पटकमा खरिद बिक्री भएको छ ।

    सोमबार कारोबारमा आएका समूहमध्ये ५ समूहको सूचक बढेको छ भने बाँकी समूहको सूचक घटेको छ । यो दिन सबैभन्दा बढी व्यापार समूहको परिसूचक २.०३ प्रतिशत र हाइड्रोपावर १.४० प्रतिशतले बढेको छ । 

    त्यस्तै, निर्जीवन बिमा ०.५७ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.२९ प्रतिशत र जीवन बिमाको परिसूचक ०.१३ प्रतिशतले बृद्धि भएको छ । 

    यसैगरी, अन्य समूहको परिसूचक १.५८ प्रतिशत र वित्त समूह १.२८ प्रतिशतले घटेको छ । जुन सबैभन्दा बढी हो । त्यस्तै, बैंकिङ समूह ०.३५ प्रतिशत, विकास बैंक ०.५० प्रतिशत, होटल तथा पर्यटन समूह ०.३३, लघुवित्त ०.३० प्रतिशत र म्युचुअल फण्ड ०.१३ प्रतिशतले घटेको छ । 

    मङ्गलबार दुई ओटा स्टकको मूल्य पोजेटिभ सर्किट लेभलमा बढेको छ । नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । 

    त्यस्तै, ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर मूल्य ९.९८ प्रतिशत र रिडी पावर कम्पनीको सेयर मूल्य ९.९१ प्रतिशतले बढेको छ । 

    आज सर्वाधिक बढी गुमाउनेमा वीन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता छन् । यो कम्पनीको सेयर मूल्यमा आज नेगेटिभ सर्किट लागेको हो । त्यस्तै, हिमालयन पावर पार्टनर र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि आज ५ प्रतिशतभन्दा बढीले घटेको छ । 
    मङ्गलबार सानिमा माई हाइड्रोपावरको सेयर कारोबार रकम सबैभन्दा बढी छ ।

    यो कम्पनीको ९२ करोड ८९ लाख ६२ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा ङादी ग्रुप पावरको ६७ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com