images
images

कोहलपुर–सुर्खेत प्रसारण लाइन निर्माणमा ढिलाइबारे मन्त्रीको चासो

कोहलपुर–सुर्खेत प्रसारण लाइन निर्माणमा ढिलाइबारे मन्त्रीको चासो

मंगलवार, बैशाख २३ २०८२
मंगलवार, बैशाख २३ २०८२
  • कोहलपुर–सुर्खेत प्रसारण लाइन निर्माणमा ढिलाइबारे मन्त्रीको चासो
    images
    images
    images
    images
    images
    images

    काठमाडौँ / उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनअन्तर्गत बाँकेको बानियाँभार क्षेत्रमा देखिएको विवाद समाधान गर्न निर्देशन दिएका छन् ।

    मन्त्री खड्काले आज आयोजना प्रमुख रविकुमार चौधरीलाई मन्त्रालयमा बोलाएर आयोजना विस्तारका क्रममा उक्त क्षेत्रमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन दिएका हुन् । 

    बाँकेको बैजनाथ गाउँपालिका–४ बानियाभार क्षेत्रमा स्थानीयको अवरोधका कारण तीनवटा विद्युत टावर निर्माण हुन नसकेपछि मन्त्री खड्काले आयोजना निर्माणको क्रममा भइरहेको ढिलाइका बारेमा समेत चासो राखे ।  

    ‘स्थानीयवासीले राखेका मागलाई उचित सम्बोधन गरेर आयोजनालाई तत्काल अगाडि बढाउनुहोस्, विकासको कामलाई अगाडि बढाउँदै गर्दा सामान्य मान्छे नमरोस्,’मन्त्री खड्काले भने । 

    उनले आयोजनाभित्र परेका घरलाई उचित क्षतिपूर्ति दिँदा पीडितहरूको पुनर्वासको सुनिश्चितता गर्नसमेत निर्देशन दिए । 

    भेटमा आयोजना प्रमुख चौधरीले स्थानीयबासीको अवरोधका कारण आयोजना अगाडि बढाउन नसकिएको मन्त्रीसमक्ष जानकारी गराएका थिए । उक्त क्षेत्रमा तीनवटा विद्युत टावर बन्न बाँकी रहेको उनको भनाइ थियो । 

    विस २‎‎०७७ भदौ ७ गते सम्झौता भई दुई वर्षभित्र प्रसारण लाइनको निर्माण, डिजाइन, परीक्षण, वितरणदेखि प्लान्टको खरिदसम्मका काम गरिसक्नुपर्ने सम्झौता भएपनि स्थानीय अवरोधका कारण उक्त काम ढिलाई भएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com