काठमाडौँ / नेपालमा विद्युतीय सवारी साधनको लोकप्रियता दिनप्रतिदिन बढ्दै गइरहेका बेला केई नेपालले ‘कई एक्सचेन्ज कर्निभल २०८२’को घोषणा गरेको छ।
तीनदिने विशेष कार्यक्रम २०८२ बैशाख २६ गतेदेखि २८ गते (२०२५ मे ९–११) सम्म काठमाडौँको थापाथलीस्थित केई सोरुम नजिकै (हुन्डाई सोरुम अगाडि) आयोजना हुँदैछ ।
प्रमुख आकर्षणहरू
पुराना सवारीको स्पट भ्यालुएसन, विशेष नगद छुट, र मूल्याङ्कन गराउने प्रत्येक ग्राहकलाई QFX सिनेमा टिकट ९२ जनाका लागि० निःशुल्क प्रदान गरिनेछ।
पूर्ण बिमा सुविधा, सडक कर कभरेज र छानिएका मोडलहरूमा एक्सचेन्ज बोनस उपलब्ध हुनेछ।
बुकिङमा आकर्षक उपहार E-Qute सवारीमा Bosch Jet Car Washer, र X3 Pro मा Bosch Washing Machine प्रदान गरिनेछ।
कार्यक्रमलाई पारिवारिक रमाइलो बनाउने उद्देश्यले संगीत, खेलहरू, र मनोरञ्जनात्मक गतिविधिहरू पनि समावेश गरिनेछ।
X3 Pro SUV को मूल्य ४३.९६ लाखबाट सुरु हुन्छ र यसमा ग्राहकले ६.०५ लाख रुपैयाँसम्मको लाभ लिन सक्नेछन्।
तीन विद्युतीय मोडलहरूको प्रदर्शनी
E-Qute 02 – सानो र सहरी जीवनका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ ।
E-Qute 04 – बहुपयोगी र पारिवारिक यात्रा अनुकूल यात्रा रहेको छ ।
X3 Pro EV – शक्तिशाली SUV, स्टाइल, कम्फर्ट र सेफ्टीको उत्कृष्ट संयोजन रहेको छ।
केई यी नेपालका अनुसार, यो एक्सचेन्ज कर्निभल विद्युतीय सवारीप्रतिको जागरूकता फैलाउने र पुराना सवारी साटेर नयाँ विद्युतीय सवारी सहजै खरिद गर्न सक्ने अवसर हो ।
उक्त अवसरमा केई नेपालले सम्पूर्ण ग्राहक, परिवार, र EV प्रेमीहरूलाई सहभागी भई विद्युतीय मोबिलिटीको उत्सव मनाउन आग्रह गरेको छ ।