images
images

अब मोबाइलबाटै स्वास्थ्य बिमा नवीकरण, सेवा थप सहज

अब मोबाइलबाटै स्वास्थ्य बिमा नवीकरण, सेवा थप सहज

बुधवार, बैशाख २४ २०८२
बुधवार, बैशाख २४ २०८२
  • अब मोबाइलबाटै स्वास्थ्य बिमा नवीकरण, सेवा थप सहज
    images
    images
    images
    images
    images
    images

    काठमाडौँ / अब स्वास्थ्य बिमाको नवीकरण घरमै बसेर, मोबाइल वा कम्प्युटरको माध्यमबाट सजिलै गर्न सकिने भएको छ।  बिमा बोर्डले पेमेन्ट वालेट र कनेक्ट आइपीएस जस्ता डिजिटल माध्यममार्फत अनलाइन नवीकरणको सुविधा सुरु गरेको हो।

    कार्यकारी निर्देशक डा. रघुराज काफ्लेका अनुसार, नागरिक एपसँग लिंक गरेर यो सुविधा सहज रूपमा उपलब्ध हुनेछ। यसले सेवाग्राहीलाई समय र झन्झट दुवैबाट मुक्ति दिलाउने अपेक्षा गरिएको छ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बिमासम्बन्धी सेवा सुधारका लागि विभिन्न प्रयास गरिरहेका छन्। हालै उनको प्रस्तावअनुसार बिमा दर्ता गरेपछि अब तीन महिनाको सट्टा एक महिनाभित्रै सेवा लिन पाइने व्यवस्था मन्त्रिपरिषदबाट पारित भई लागू भइसकेको छ।

    यद्यपि अनलाइन नवीकरणको योजना पहिले नै बनाइएको भए पनि व्यवहारमा भने हालै मात्र आएको हो। सूचना अधिकारी विकेस मल्लका अनुसार अब नागरिकहरूले तत्काल अनलाइनबाटै नवीकरण गर्न सक्नेछन्।

    हालसम्म एजेन्टमार्फत मात्र बिमा नवीकरण गर्नुपर्ने भएकाले धेरैले समयमै नवीकरण गर्न नसक्ने समस्या थियो। अनलाइन सुविधा विस्तार भएसँगै नवीकरण दरमा उल्लेख्य वृद्धि हुने बोर्डको विश्वास छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com