आज विक्रम संवत २०८२ साल बैशाख २५ गते, बिहीबार, ईश्वी सन् २०२५ मे ८ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायणं, वसन्त ऋतु, श्रीशाके १९४७, वैशाख, शुक्लपक्ष, एकादशी तिथी, दिउँसो २ बजेर ११ मिनेट उप्रान्त द्वादशी, उत्तरफाल्गुनी नक्षत्र, बेलुकी १० बजेर ४० मिनेट उप्रान्त हस्त, आनन्दादिमा-मातंग योग। चन्द्रराशि-कन्या।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन वित्तीय दृष्टिले उत्साहजनक रहनेछ। शुभकार्यमा सहभागी भई नयाँ सम्पर्क बनाउने अवसर मिल्नेछ। व्यापार, सेयर वा लगानीबाट लाभ मिल्नेछ, तर अनुबन्धमा सतर्कता आवश्यक छ। पदोन्नति र नयाँ रोजगारीका सम्भावना छन्। स्वास्थ्यमा कमजोरीले काममा बाधा आउन सक्छ, त्यसैले आत्मविश्वाससाथ चुनौतीको सामना गर्नुहोस्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आजको दिन आर्थिक रूपमा लाभदायक रहनेछ। व्यापार फस्टाउनेछ र शिक्षा क्षेत्रमा गरिएको लगानीबाट राम्रो प्रतिफल मिल्नेछ। आकस्मिक धन प्राप्तिको योग रहेकोले आम्दानीमा वृद्धि हुनेछ। नयाँ योजनाको कार्यान्वयनबाट दीर्घकालीन फाइदा मिल्नेछ। सन्तान पक्षबाट सुखद समाचार आउनाले मन प्रफुल्ल रहनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आजको दिन आर्थिक दृष्टिले सन्तुलित रहन सक्छ। कृषि तथा पशुपालनमा लगानीबाट आम्दानी हुनेछ, तर व्यक्तिगत स्वास्थ्य र पारिवारिक जिम्मेवारीले कार्यक्षेत्रमा असर पुर्याउन सक्छ। अरुको भरमा निर्णय नगर्नुहोस्, अन्यथा धोका हुन सक्छ। लगानी वा सम्झौतामा पुनर्विचार गर्नु उपयुक्त हुनेछ। समाजसेवामा मन लागे पनि आफ्ना काम प्राथमिकतामा राख्नुहोला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आजको दिन आर्थिक रूपमा उत्साहजनक रहनेछ। आम्दानीका नयाँ स्रोत खुल्नेछ, र दीर्घकालीन लाभ दिने योजनामा लगानीको उपयुक्त समय हुनेछ। व्यक्तिगत प्रयासको मूल्याङ्कन हुनेछ, तर अरूले तपाईँको श्रमको फाइदा उठाउने सम्भावना रहेकाले सतर्क रहनुहोस्। व्यवसायमा सफलता मिल्नेछ, तर हिसाबकिताबमा सावधानी अपनाउनु बुद्धिमानी हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आजको दिन आर्थिक दृष्टिले अति लाभदायक रहनेछ। विशेष गरी होटल, रेष्टुरेन्ट तथा सेयरबजारमा गरिएको लगानीले राम्रो प्रतिफल दिनेछ। बोली र व्यवहारकै भरमा आम्दानी बढ्नेछ भने सानो प्रयासले ठूलो फाइदा मिल्ने समय हो। अध्ययन र बौद्धिक क्षेत्रबाट पनि प्रतिष्ठा र आम्दानी दुवै प्राप्त हुने संकेत छन्।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आजको दिन आर्थिक रूपमा शुभ रहनेछ। कलात्मक र रचनात्मक क्षेत्रमा लगानीबाट दीर्घकालीन आयस्रोत सुरक्षित हुने सम्भावना छ। व्यापार, उद्योग, र सेयरबजारमा गरिएको लगानीबाट मनग्गे लाभ मिल्नेछ। नयाँ काम सुरु गर्न अनुकूल समय हो, र पहिलेको सफलताले आत्मविश्वास बढाउनेछ। प्रतियोगिता र न्यायिक निर्णयहरूमा सफलता मिल्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आजको दिन आर्थिक लाभका अवसरहरू भए पनि स्वास्थ्य र निर्णय क्षमतामा कमी आउन सक्छ। व्यापार विशेषगरी विदेशी वस्तुको कारोबारबाट फाइदा मिल्नेछ, तर खर्च बढ्ने संकेत छन्। गलत संगत र भ्रममा पर्नबाट जोगिनुहोला, नत्र काममा ढिलाइ हुनेछ। आफन्तको सहयोग कम भए पनि कठिनाइमा साथ दिने व्यक्ति भेटिनेछन्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आजको दिन आर्थिक रूपमा अत्यन्त शुभ संकेत देखिन्छ। खनिज, तरल पदार्थ र प्राकृतिक स्रोतसँग सम्बन्धित व्यापारमा लाभ मिल्नेछ भने सेयरबजारको लगानीले आर्थिक सुधार ल्याउनेछ। नयाँ प्रकृतिको कामबाट आम्दानी बढ्नेछ, र साझेदारी व्यवसायमा पनि फाइदा हुनेछ। आयस्रोतका नयाँ अवसर खुल्नेछ, जसले दीर्घकालीन लाभ सुनिश्चित गर्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आजको दिन कर्मक्षेत्रमा प्रगति गर्ने बलियो सम्भावना रहेको छ। नयाँ प्रविधिको प्रयोग र सकारात्मक सोचले व्यापारमा आम्दानी बढाउनेछ। रोजगारी खोज्नेहरूका लागि नयाँ अवसर खुल्नेछ भने जागिरमा रहेकाले बढुवा पाउने सम्भावना छ। यद्यपि, उधारो अवस्थाले चुनौती दिन सक्छ, त्यसैले आर्थिक निर्णय सोचविचार गरेर लिनुहोला। मेहनतको प्रतिफल केही ढिलो भए पनि सुनिश्चित हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आजको दिन विशेष अवसर र उपलब्धिहरू प्राप्त हुने सम्भावना छ। खोज र अनुसन्धानको क्षेत्रमा समय लगाउँदा उत्कृष्ट नतिजा आउन सक्छ। दाजुभाई र आफन्तको सहयोगले असजिला कार्य सहजै पुरा हुनेछन्। वित्तीय बजारमा लगानी गर्दा आम्दानी हुनेछन् र कार्यक्षेत्रमा इमानदारीपूर्वक कार्य गर्दा मान्यता प्राप्त हुनेछ। भाग्यले थप अवसरहरू प्रदान गर्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आजको दिन केही चुनौतीपूर्ण रहन सक्छ। हल्लाको पछि लाग्दा समस्यामा परिने सम्भावना छ, त्यसैले सत्यतामा विश्वास गर्नु आवश्यक छ। पुरानो स्वास्थ्य समस्याले गर्दा चिन्ता रहन सक्छ र अनावश्यक यात्रा तथा खर्च बढ्न सक्छ। सवारी साधन चलाउँदा ध्यान दिनुहोस्, र अरूका कामका लागि आफ्ना कार्य थाती राख्नु परेमा पछुतो हुन सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आजको दिन खुशी र सफलता मिश्रित रहनेछ। अध्ययन र अध्यापनमा तपाईंले पुरस्कार र प्रशंसा पत्र जित्ने सम्भावना छ। व्यापार र सेयरबजारमा लगानी गर्दा नाफा मिल्नेछ । महंगा उपहार प्राप्त हुनेछन्। साथीभाइसँग भेटघाट र रमाइलो यात्राको अवसर हुनेछ, जसले मन प्रसन्न पार्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ । नसोचेको ठाउँबाट अनपेक्षित लाभ मिल्नेछ ।