images
images

कोटा प्रणालीमार्फत मल वितरण व्यवहारिक भएन : सांसद सापकोटा

कोटा प्रणालीमार्फत मल वितरण व्यवहारिक भएन : सांसद सापकोटा

बिहिवार, बैशाख २५ २०८२
बिहिवार, बैशाख २५ २०८२
  • कोटा प्रणालीमार्फत मल वितरण व्यवहारिक भएन : सांसद सापकोटा
    images
    images
    images
    images
    images
    images

    काठमाडौँ / नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले कोटा प्रणालीमार्फत मल वितरणको प्रक्रिया व्यवहारिक नरहेको बताएका छन् । 

    बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले किसानले ५० किलो मल माग गर्दा मुस्किलले पाँच केजी मात्र प्राप्त गर्ने अवस्था रहेको बताए । 

    उनले भने,‘हरेक वर्ष जब मूख्यबाली धान रोप्ने बेला हुन्छ । किसानले पर्याप्त मल पाउँदैनन् । कोटा प्रणालीमार्फत मल वितरण हुन्छ । तर त्यो व्यवहारिक र सहज छैन् । किसानले ५० किलो मल माग गर्दा मुस्किलले पाँच केजी मात्र प्राप्त गर्छ । 

    त्यस्तै उनले जनताले यो सरकार किसानमैत्री भएन भनेर गुनासो गर्ने गरेको भन्दै  पर्याप्त मात्रामा मलको उलपब्ध गराउनको लागि र दुधको पैसा भुक्तानी गराउन सरकारको ध्यानाकर्षण गराए ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com