images
images

‘ऊनको स्वीटर’को प्रिमियरमा देखियो उत्साह, टिकट बुकिङ सुरु

‘ऊनको स्वीटर’को प्रिमियरमा देखियो उत्साह, टिकट बुकिङ सुरु

बिहिवार, बैशाख २५ २०८२
बिहिवार, बैशाख २५ २०८२
  • ‘ऊनको स्वीटर’को प्रिमियरमा देखियो उत्साह, टिकट बुकिङ सुरु
    images
    images
    images
    images
    images
    images

    काठमाडौँ / नेपाली कथानक चलचित्र ‘ऊनको स्वीटर’ले भव्य रुपमा प्रिमियर सम्पन्न गरेको छ । बुधबार साँझ काठमाडौंको सिटी सेन्टरस्थित सिनेमा हलमा आयोजित प्रिमियरमा राजनीतिक व्यक्तित्वदेखि कलाकारहरुको उल्लेख्य उपस्थिति थियो ।

    चलचित्र हेर्न पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र लिङदेनले चलचित्र एकदमै राम्रो रहेको भन्दै नेपाली चलचित्रहरु एकपछि अर्को हेर्न लायक बनिरहेको बताए । 
    यस्तै अभिनेता विपिन कार्कीले चलचित्र हेरेपछि राम्रो प्रतिक्रिया पाइरहेको र चलचित्रले मन छुने बताए । उनले वैशाख २६ गते सिनेमा घरमा गएर हेरिदिन आग्रह समेत गरे । 

    वैशाख २६ गतदेशभर प्रदर्शन हुन लागेको चलचित्र उनको स्विटरमा अभिनेता कार्की र मिरुना मगर मुख्य भुमिकामा छन् भने अन्य कलाकारमा विल्सनविक्रम राई, एलेक्स पारस, परीक्षा लिम्बू, सुनील पोखरेल, माओत्से गुरुङलगायतका कलाकारको अभिनय रहेको छ । 

    आर्टमाण्डु प्रालिको ब्यानरमा पहिलो पटक निर्माण भएको चलचित्रको कथावस्तु सामाजिक विषयवस्तुमा आधारित रहेको छ । चलचित्रको लेखन तथा निर्देशन नवीन चौहानले गरेका छन् ।
    फिल्म शुक्रवार (वैशाख २६)बाट देशभर प्रदर्शनमा आउन लागेको हो । फिल्मको अग्रिम टिकट बुकिङ पनि सुरु भएको छ । 

    फिल्मको छायाङ्कन पूर्वी नेपालको पाँचथर र भारतको सीमा क्षेत्र फालेलुङमा गरिएको हो । फिल्ममले सांस्कृतिक विविधता, सामाजिक अन्तर्विरोध, र नेपाली समाजको जीवन्त रङ्गहरूलाई एउटै कथामा समेट्ने प्रयास गरेको निर्देशक चौहानले बताएका छन् । चलचित्रलाई सेन्सर बोर्डले युनिभर्सल प्रमाणपत्र प्रदान गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com