images
images

निर्जीवन बिमा बजार ९ महिनामा ७ प्रतिशतले बढ्यो, कुन कम्पनीको कति ?

निर्जीवन बिमा बजार ९ महिनामा ७ प्रतिशतले बढ्यो, कुन कम्पनीको कति ?

बिहिवार, बैशाख २५ २०८२
बिहिवार, बैशाख २५ २०८२
  • निर्जीवन बिमा बजार ९ महिनामा ७ प्रतिशतले बढ्यो, कुन कम्पनीको कति ?
    images
    images
    images
    images
    images
    images

    काठमाडौँ / नेपालको निर्जीवन बिमा क्षेत्रमा  १४ कम्पनीहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३२ अर्ब रुपैयाँभन्दा बढी बिमा शुल्क सङ्कलन गरेका छन् । जुन गत बर्षको सोही अवधिको तुलनामा ७.११ प्रतिशत बढी हो । 

    नेपाल बिमा प्राधिकरणको तथ्याङ्कअनुसार चैत मसान्तसम्म १४ कम्पनीहरूले कुल ३२ अर्ब १२ करोड ९९ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेका हुन् । 
    गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म यस्तो रकम २९ अर्ब ९९ करोड ७६ लाख रुपैयाँ रहेको थियो । यस अवधिमा तीन कम्पनी बाहेक सबैले व्यवसाय वृद्धि गरेका छन्।

    ओरियन्टल इन्स्योरेन्सको बिमा शुल्कमा उच्च बृद्धि 

    व्यवसाय वृद्धिमा सबैभन्दा अगाडि दि ओरियन्टल इन्स्योरेन्स देखिएको छ । यो कम्पनीले चालु आवको ९ महिनामा ४१.९१ प्रतिशतले बिमा शुल्क बृद्धि गरेको । गत बर्ष १ अर्ब ५१ करोड ८३ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको यो कम्पनीले यस बर्ष सोही अवधिमा २ अर्ब १५ करोड ४६ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको हो । 

    यसैगरी, नेपाल इन्स्योरेन्सले ३६.०९ प्रतिशत, एनएलजीले १६.४१ प्रतिशत तथा हिमालयन एभरेष्टले ९.२८ प्रतिशतले वृद्धि गरेका छन्। नेपाल इन्स्योरेन्सको १ अर्ब ५५ करोड ८८ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सको अर्र्ब  १३ करोड ४५ लाख रुपैयाँ र हिमालयन एभरेष्ट इन्स्योरेन्सले ९ महिनामा २ अर्ब ७८ करोड ५५ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेका हुन् ।

    शिखर इन्स्योरेन्स शीर्षस्थानमा

    तेस्रो त्रैमाससम्म सबैभन्दा धेरै बिमाशुल्क सङ्कलन गर्ने कम्पनी शिखर इन्स्योरेन्स रहेको छ । जसले ४ अर्ब ३४ करोड ५८ लाख रुपैयाँ आर्जन गरेको छ। त्यस्तै, दोस्रो स्थानमा  सगरमाथा लुम्बिनी रहेको छ । यो कम्पनीले ३ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियरले ३ अर्ब १० करोड ५८ लाख रुपैयाँ बिमा शुल्क सङ्कलन गरेका छन्।

    तीन कम्पनीको घट्यो व्यवसाय 

    यता, राष्ट्रिय बीमा कम्पनी, युनाइटेड अजोड इन्स्योरेन्स, र प्रभु इन्स्योरेन्सको कारोबार घटेको छ। राष्ट्रिय बिमा कम्पनीको व्यवसाय सबैभन्दा बढी १३.३१ प्रतिशतले घटेको छ भने युनाइटेड अजोडको ६.२४ प्रतिशतले र प्रभु इन्स्योरेन्सको १.३१ प्रतिशतले बिमा शुल्क घटेको हो।

    note.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com