images
images

महालक्ष्मी विकास बैंक बन्यो ‘स्क्यान टु क्यास’ सेवा सुरु गर्ने पहिलो विकास बैंक, डिजिटल भुक्तानी सेवा थप विस्तार

महालक्ष्मी विकास बैंक बन्यो ‘स्क्यान टु क्यास’ सेवा सुरु गर्ने पहिलो विकास बैंक, डिजिटल भुक्तानी सेवा थप विस्तार

बिहिवार, बैशाख २५ २०८२
बिहिवार, बैशाख २५ २०८२
  • महालक्ष्मी विकास बैंक बन्यो ‘स्क्यान टु क्यास’ सेवा सुरु गर्ने पहिलो विकास बैंक, डिजिटल भुक्तानी सेवा थप विस्तार
    images
    images
    images
    images
    images
    images

    काठमाडौँ / महालक्ष्मी विकास बैंकले फोन पे (फोनपे)को सहकार्यमा नविनतम अन्तर बैंक स्क्यान टु क्यास सेवाको सुरुवात गरेको छ ।  ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराइरहेको यो बैंक नेपालमा यस्तो सेवा सुरु गर्ने पहिलो विकास बैंक समेत बनेको छ । 

    यस अन्तर्गत ग्राहकहरूले कुनै पनि बैंकको मोबाइल बैकिङ्ग एप मार्फत टेलर काउन्टरमा क्यूआर स्क्यान गरेर सजिलै नगद झिक्न सक्नेछन् । प्रारम्भिक चरणमा यस बैंकको दरबारमार्ग शाखा र थापाथली शाखाबाट सुरु गरिएको यो सेवा निकट भविष्यमा देशभर विस्तार गरिनेछ ।

    उक्त सुविधाको विस्तार सँगै परम्परागत रूपमा चेक वा ऐटिएम कार्डको प्रयोग मार्फत नगद झिक्न पर्ने बाध्यतालाई कम गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

    डिजिटल नवप्रवर्तनप्रतिको आफ्नो प्रतिबद्धतालाई थप मुजबुत बनाउँदै बैंकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको सहकार्यमा अलि पे प्लस नेटवर्क मार्फत क्रस बोर्डर क्यूआर भुक्तानी सेवा समेत यस अघि सुरू गरिसकेको छ । 

    यससेवामार्फत चीन, सिंगापुर, दक्षिण कोरिया लगायतका मुलुकबाट आएका पर्यटकहरूले नेपाल पे क्यूआर स्क्यान गरी आफ्नो देशको डिजिटल वालेटबाट नेपालमा सहज रूपमा भुक्तनी गर्न सक्नेछन् ।

    बैंकले हालै ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com