images
images

तीन वटै तहको सरकारबीच एक अर्काको अस्तित्व स्वीकार गर्न आवश्यक : मुख्यमन्त्री शाह

तीन वटै तहको सरकारबीच एक अर्काको अस्तित्व स्वीकार गर्न आवश्यक : मुख्यमन्त्री शाह

बिहिवार, बैशाख २५ २०८२
बिहिवार, बैशाख २५ २०८२
  • तीन वटै तहको सरकारबीच एक अर्काको अस्तित्व स्वीकार गर्न आवश्यक : मुख्यमन्त्री शाह
    images
    images
    images
    images
    images
    images

    कैलाली / सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले तीन तहको सरकारले एक अर्काको अस्तित्व स्वीकार्ने वातावरण निर्माण गर्नु आवश्यक रहेको बताएका छन् । 

    प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रम प्रादेशिक इकाईले बिहीबार धनगढीमा आयोजना गरेको प्रदेश तथा स्थानीय तहबिच अन्तरसम्बन्ध सुदृढीकरणसम्बन्धी अन्तर्क्रिया एवं नीति, कार्यक्रम तथा बजेटसम्बन्धी छलफल कार्यक्रमको उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन् । 

    एक अर्काको अस्तित्व स्वीकार्ने वातावरण नहुँदा अवस्था जटिल बन्दै जाने उनले बताए । 

    “बजेट निर्माणमा सधैँ हामीले त्रुटी गरिरहने र जनताले गुनासो गरिरहने परिपाटीलाई पटकपटक दोहोर्‍याउने हो भने सङ्घीय संरचनामा हामी उभिएको व्यर्थ हुनेछ”, उनले भने । 

    मुख्यमन्त्री शाहले तीनतहको सम्बन्ध प्रगाढ बनाउनुपर्नेमा जोड दिए । प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा जीवन रानाले कार्यसूची प्रस्तुतिसहित स्वागत मन्तव्य राखे । 

    अन्तर्क्रियामा विभागीय मन्त्री, विषयगत समिति सभापति, प्रदेशसभा सदस्य, मुख्यसचिव, विभागीय सचिव र सुदूरपश्चिमका सबै स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com