images
images

नेपालमा उत्पादन भएका वस्तुको निर्यात बढाउन मन्त्री भण्डारीको सुझाव

नेपालमा उत्पादन भएका वस्तुको निर्यात बढाउन मन्त्री भण्डारीको सुझाव

बिहिवार, बैशाख २५ २०८२
बिहिवार, बैशाख २५ २०८२
  • नेपालमा उत्पादन भएका वस्तुको निर्यात बढाउन मन्त्री भण्डारीको सुझाव
    images
    images
    images
    images
    images
    images

    काठमाडौँ  उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले नेपालभित्र उत्पादन भएको वस्तुको निर्यात बढाउनुपर्ने बताएका छन् ।  विहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले नेपालीहरूले अब आफ्ना वस्तुहरूलाई उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्नुपर्ने भन्दै यसमा निजी क्षेत्र पनि उत्पादकत्व वृद्धिमा सहयोग पु-याउनुपर्ने बताए । 

    उनले भने, ‘नेपाली वस्तु र छिमेकी मुलुक मित्र राष्ट्रहरूबाट आएका वस्तुहरू समेतलाई राखेर झण्डै साता दिनको व्यापार मेलाको आयोजना भएको छ । मन्त्रालयको पनि सहभागिता छ । हामीले देशभित्र उत्पादित्त वस्तुहरूलाई संसारले देख्नेगरि, नेपालीहरूले पनि अब आफ्ना वस्तुहरूलाई उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न सक्छ । यद्यपी, आज पनि निर्यातको अवस्था अपेक्षा गरे अनुसार हुन सकेको छैन । आयात निर्यातको अवस्था सबैले देखेकै छौं । धेरै आयात गर्छौ, न्यून रूपमा निर्यात गर्न सकिरहेका छौ । यसलाइ वृद्धि गर्नुपर्छ । त्यसका लागि विशेष रूपमा निजी क्षेत्रले उद्योगको क्षेत्रमा उत्पादकत्व वृद्धि गर्नुपर्छ । त्यसको बजारीकरण गर्नुपर्छ ।’

    यस्तै, उनले विभिन्न प्राकृतिक प्रकोपहरूका कारण नेपालको बजार सुस्ताएको भन्दै यसलाई उठाउनका लागि थुप्रै नीतिगत कुराहरूलाई सरकारले प्राथमिकतामा राखेको बताए । 

    उनले भने, ‘व्यापारको क्षेत्रमा हामी पछाडि छौं । तर सम्भावनाको हिसाबले धेरै अगाडि छौँ । सम्भावनालाई आत्मसाथ गर्नुपर्ने छ, प्रतिस्पर्धामा अगाडि बढ्नुपर्ने छ । उद्योगको क्षेत्रमा केही समस्याहरू आएका छन् । विभिन्न प्राकृतिक प्रकोपहरूका कारण पनि नेपालको बजार सुस्ताएको छ । यसलाई उठाउनुपर्छ र उठाउनको लागि थुप्रै नीतिगत कुराहरूलाई सरकारले प्राथमिकतामा राखेको छ ।’  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com