आज विक्रम संवत २०८२ साल बैशाख २६ गते, शुक्रबार, ईश्वी सन् २०२५ मे ९ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायणं, वसन्त ऋतु, श्रीशाके १९४७, वैशाख, शुक्लपक्ष, द्वादशी तिथी, दिउँसो ३ बजेर ४३ मिनेट उप्रान्त द्वादशी, हस्त नक्षत्र, चन्द्रराशि-कन्या।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
लाभकारी योजनाहरूको सुरुवातको संकेत देखिए पनि समयमा लक्ष्य प्राप्त गर्न कठिनाइ हुन सक्छ। प्रतिस्पर्धीका कारण काम ढिलो हुन सक्छ। बुद्धिको प्रयोग र सही सल्लाहले आर्थिक लाभ मिल्न सक्छ। अनावश्यक हतार नगरी धैर्य अपनाउनु उचित हुनेछ। मिहिनेतले दीर्घकालीन फाइदा दिलाउने सम्भावना छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आजको दिन आर्थिक दृष्टिले सकारात्मक रहनेछ। व्यापारमा लाभ मिल्नेछ र सानो प्रयासले पनि दीर्घकालीन फाइदा हुने काम सुरु हुन सक्छ। फाइदाका नयाँ स्रोत पहिचान गर्न सकिनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोगले आर्थिक पक्षमा मजबुती आउनेछ। रोकिएका आर्थिक कामहरू पुनः चल्न थाल्नेछन्। लगनशीलता लाभदायक बन्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आर्थिक क्षेत्रका लागि सन्तुलित समय देखिन्छ। व्यापार र साझेदारीमा फाइदा मिल्नेछ, तर योजना तुरुन्त सार्वजनिक नगर्नु उचित हुनेछ। प्रक्रियागत समस्या र वचनको सावधानीले अनावश्यक आर्थिक झमेला टार्न सकिन्छ। समूहमा गरिएको प्रयासले रोकिएका काम अगाडि बढ्नेछन्। घरेलु खर्च व्यवस्थित हुन सक्छ। सकारात्मक सोचले आर्थिक निर्णय सुदृढ बनाउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आर्थिक दृष्टिकोणले समय मिश्रित छ। मिहिनेतबाट अरूले फाइदा उठाउने सम्भावना रहेकाले सतर्क रहनुपर्छ। व्यवसायमा भन्दा सेवामूलक क्षेत्रमा राम्रो लाभ मिल्नेछ। सहयोगीहरूको विश्वास घट्न सक्छ, तर महत्वाकांक्षी योजनाहरू पूरा हुने सम्भावना छ। अरूका लागि बुद्धि खर्च गर्नुपरे पनि कार्यकुशलताले आर्थिक स्थायित्व ल्याउन सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आर्थिक क्षेत्रमा सकारात्मक संकेत पाउने समय छ। व्यक्तिगत खुसीका लागि धन खर्च हुने सम्भावना भए पनि आयस्रोत बढ्नेछ। नयाँ कामको प्रस्ताव र दिगो काममा सम्झौता गर्ने राम्रो समय हो। बुद्धिको उपयोगले धन आर्जनमा टेवा पुर्याउनेछ। लेखन, अभिव्यक्ति वा अध्ययनमार्फत आर्थिक लाभ पाउने संकेत छ। मिहिनेतले सम्मान र स्थायित्व दिलाउनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
संघर्ष र सम्भावनाको मिश्रण हो। इच्छाअनुसार परिणाम पाउन मेहनत आवश्यक हुनेछ, तर विदेशतर्फबाट आउने शुभ सूचनाले आर्थिक अवसर बढ्न सक्छ। रचनात्मक कार्यले भविष्यमा आम्दानीको नयाँ बाटो खोल्न सक्छ। प्रतिष्ठा र मानसम्मानले व्यवसायिक अवसरमा टेवा पुर्याउनेछ। खर्चसँगै दीर्घकालीन लाभका संकेत पनि देखिन्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आर्थिक दृष्टिले समय बलियो रहन सक्छ। खर्च बढे पनि लगानी बढाउने अवसर प्राप्त हुनेछ र दिगो योजनाका लागि ऋण लिन उपयुक्त समय हो। वैदेशिक रोजगार वा यात्राबाट आर्थिक लाभ मिल्नेछ। व्यापारमा औसत लाभ रहे पनि परिश्रमले लक्ष्य प्राप्त हुनेछ। मालमत्ता जोड्ने मौका छ, तर उधारो नगर्नु राम्रो हुनेछ। प्रतिस्पर्धी पनि सहयोगी बन्न सक्छन्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आजको समय आर्थिक क्षेत्रका लागि निकै शुभ रहेको छ । शेयर बजार र व्यापारमा राम्रो लाभ हुने सम्भावना छ, र मिहिनेतको उचित मूल्य प्राप्त हुनेछ। आम्दानी बढ्ने भएकाले उत्साह र आत्मविश्वासमा वृद्धि हुनेछ। छोटो समयमा प्रगति हुने देखिन्छ, साथै पेसा–व्यवसायमा विशेष फाइदा उठाउने अनुकूल समय हो। लक्ष्य प्राप्तिका लागि निरन्तर प्रयास गर्नु फलदायी हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आर्थिक रूपमा संयम र सजगताको सन्देश दिन्छ। नयाँ कामको जग बसाउने अवसर मिल्नेछ, तर आफ्नै लापरवाही वा अरूको स्वार्थी व्यवहारले आर्थिक क्षति हुन सक्ने सम्भावना छ। संघर्ष गर्दा सामान्य लाभ पाइनेछ भने प्रतिष्ठित व्यक्तिसँगको सहकार्य भविष्यमा लाभदायक बन्न सक्छ। लगनशीलताले काम अगाडि बढ्नेछ, तर विगतका कमजोरीहरू सच्याउनु आवश्यक छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आजको दिन आर्थिक दृष्टिकोणले सकारात्मक छ। सरकारी प्रबन्धमा अधिकारीहरूको सहयोग पाइनेछ र पुराना रोकिएका कामहरू सम्पन्न हुनेछन्। मिहिनेतको फल र भाग्यले राम्रो अवसर दिलाउनेछ। चुनौतीहरू हट्नेछन् र सामाजिक काममा रुचि बढ्नेछ। दाम, नाम र इनामको प्राप्तिको सम्भावना छ। सहयोगीहरूको साथले आर्थिक स्थिति सुदृढ हुनेछ, र धार्मिक कामहरूले प्रतिष्ठा ल्याउनेछन्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यस्तताले तपाईंलाई चुनौती दिन सक्छ, र स्वास्थ्यमा केही कमजोरीको अनुभूति हुने सम्भावना छ। आहारविहारमा सजग रहनुहोला। आध्यात्मिक कार्यमा मन जानेछ, र चुनौतीपूर्ण कार्यको जिम्मेवारी लिनु पर्नेछ। भने पनि, आत्तिएर निर्णय नगर्नुहोस्, किनकि गलत निर्णयले अवसर गुमाउन सक्छ। अरुका लागि बुद्धि खर्च गर्नु पर्ने स्थिति आउन सक्छ, र पुराना सहयोगीहरूबाट साथ नमिल्न सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
साझेदारसँग विवादका सम्भावना छन्, त्यसैले सावधानी अपनाउनुहोस्। शैक्षिक प्रतिस्पर्धामा सफलताका अवसर छन्। व्यवसायमा लाभ हुने तर आर्थिक अभावले केही काम रोकिन सक्छ। अरूको विषयमा चासो राख्दा वादविवाद बढ्न सक्छ, तर धैर्य र सजग व्यवहारले स्थिति सुल्झाउन मद्दत पुर्याउनेछ। मिहिनेत र सहयोगीहरूको साथले सम्मान र सफलता मिल्नेछ। बोली र व्यवहारमा सजग रहनु महत्त्वपूर्ण छ।