images
images

विनोद चौधरीले सदनमै गरे उर्जामन्त्रीको तारिफ, दिए बधाई

विनोद चौधरीले सदनमै गरे उर्जामन्त्रीको तारिफ, दिए बधाई

शुक्रवार, बैशाख २६ २०८२
शुक्रवार, बैशाख २६ २०८२
  • विनोद चौधरीले सदनमै गरे उर्जामन्त्रीको तारिफ, दिए बधाई
    images
    images
    images
    images
    images
    images

    काठमाडौँ / नेपाली कांग्रेसका सांसद तथा उद्योगी विनोदकुमार चौधरीले सरकारले ऊर्जा क्षेत्रमा कार्ययोजना बनाएर काम थालेको भन्दै ऊर्जा मन्त्रीलाई बधाई दिएका छन् । 

    प्रतिनिधि सभामा विशेष समयमा बोल्दै सांसद चौधरीले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले राम्रो काम गरेको भन्दै बधाई दिएका हुन् । 

    उनले भने,‘ऊर्जाबाटै समृद्धि हासिल गर्ने लक्ष्यसहित कुन समयमा के गर्ने भनेर पहिलोपटक तालिका सार्वजनिक भएको छ ।’
    सांसद चौधरीले मन्त्रालयले पहिलोपटक १० वर्षभित्र २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित काम सुरु गर्नु देशका लागि सुखद् विषय भएको धारणा राखे । 

    सांसद चौधरीले उत्पादित विद्युत् स्वदेशमा खपत गर्ने र बाँकी भारत तथा बंगलादेशमा बिक्री गर्ने योजना रहेको उल्लेख गरे । विद्युत् विकासको मार्गचित्र ऊर्जा मन्त्रीको योजनामा समेटिनु सिंगो सरकारको सफलता भएको उनको भनाई थियो। नेपालले आन्तरिक खपतपछि बाँकी रहेको विद्युत् भारतमा १० हजार मेगावाट र बंगलादेशमा ५ हजार मेगावाट निर्यात गर्ने तयारी गरिरहेको पनि उनले जानकारी दिए । 

    उद्योगी समेत रहेका सांसद चौधरीले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले श्वेतपत्र सार्वजनिक गरी प्राधिकरणको वास्तविक अवस्था स्पष्ट पारेको बताए ।

    उनले भने, ‘अहिलेको अवस्थामा प्राधिकरणले हिउँदको समयमा आन्तरिक खपतका लागि आवश्यक विद्युत् उत्पादन गर्न सक्दैन। आगामी दुई वर्षसम्म बाह्य स्रोतबाट विद्युत् आयात गर्नुपर्ने स्थिति रहेको छ भन्ने इमान्दार अभिव्यक्ति उहाँले दिनुभएको हो, वास्तविकता त्यही हो ।’

    चौधरीले ऊर्जा क्षेत्रको विकासका लागि हाल ५ हजार मेगावाटका पीपीए भइसकेका आयोजनाहरूलाई छिटो अगाडि बढाउनुपर्नेमा पनि जोड दिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com