images
images

जम्मू कश्मीरमा पुनः गोलाबारी, नागरिकलाई सुरक्षित बस्न मुख्यमन्त्रीको आग्रह

जम्मू कश्मीरमा पुनः गोलाबारी, नागरिकलाई सुरक्षित बस्न मुख्यमन्त्रीको आग्रह

शुक्रवार, बैशाख २६ २०८२
शुक्रवार, बैशाख २६ २०८२
  • जम्मू कश्मीरमा पुनः गोलाबारी, नागरिकलाई सुरक्षित बस्न मुख्यमन्त्रीको आग्रह
    images
    images
    images
    images
    images
    images

    नयाँ दिल्ली / भारतको जम्मू–कश्मीरमा शुक्रबार साँझदेखि पुनः गोलाबारी सुरु भएको छ। स्थानीय समय अनुसार साँझ ७ः२० बजेदेखि कुपवाडा, करनाह, तंगधार, उरी र पुंछ क्षेत्रमा लगातार गोली र विस्फोटको आवाज सुन्न सकिएको बीबीसीका श्रीनगर संवाददाता माजिद जहाँगीरले जनाएका छन्।

    एएनआई न्यूज एजेन्सीका अनुसार उत्तरी क्षेत्रमा गोलीबारी र विस्फोट जारी छन् भने पठानकोटमा पनि विस्फोटको आवाज सुनिएको छ।

    यसबीच, जम्मू–कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले सामाजिक सञ्जाल ‘एक्स’मार्फत जनतालाई सावधानी अपनाउन आग्रह गरेका छन्। 

    उनले लेखेका छन्, “जहाँ म छु, त्यहाँ लगातार विस्फोटको ठूलो आवाज सुनिँदैछ, सम्भवतः ठूला तोपहरू प्रयोग भइरहेको अनुमान छ।”

    मुख्यमन्त्री अब्दुल्लाहले जम्मू क्षेत्रमा ब्ल्याकआउट भएको र साइरन बजिरहेको जानकारी पनि दिएका छन्। 

    साथै उनले स्थानीय बासिन्दालाई घरमै सुरक्षित रहन र आवश्यक परेमा केही घण्टा आराम गर्न सकिने सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com