शनिबारको राशिफल : तपाईँको लागि आजको दिन कति फलदायी रहला ?

शनिबारको राशिफल : तपाईँको लागि आजको दिन कति फलदायी रहला ?

शनिवार, बैशाख २७ २०८२
शनिवार, बैशाख २७ २०८२
  • शनिबारको राशिफल : तपाईँको लागि आजको दिन कति फलदायी रहला ?
    images
    images

    आज विक्रम संवत २०८२ साल बैशाख २७ गते, शनिबार, ईश्वी सन् २०२५ मे १० तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायणं, वसन्त ऋतु, श्रीशाके १९४७, वैशाख, शुक्लपक्ष, त्रयोदशी तिथि, अपरान्ह ५ बजेर ३४ मिनेट उप्रान्त चतुर्दशी, चित्रा नक्षत्र, चन्द्रराशि(कन्या, दिउँसो २ बजेर ०९ मिनेट उप्रान्त तुला । 

    images
    images

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    आर्थिक क्षेत्रमा मिहिनेतले अवसरहरू दिलाउनेछ। प्रतिस्पर्धा बढे पनि स्रोतसाधन जुट्नाले दिगो आयको बाटो खुल्नेछ। व्यापारमा लाभ हुनेछ र आयआर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। बुद्धिको प्रयोगले ठूला काम सम्पादन हुनेछन्। तर अरूले तपाईंको श्रमको फाइदा उठाउन सक्छन्, सतर्क रहनुहोस्। व्यवसायिक सम्बन्ध बलियो बन्दै जानेछ।

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    आर्थिक रूपमा लाभदायी समय रहन सक्छ। नयाँ काम सुरु गर्न उपयुक्त छ, तर निर्णय सोचविचार गरेर लिनुहोस्। व्यापारमा प्रतिस्पर्धा बढे पनि फाइदा उठाउन सकिनेछ। विशेष कामको जग बस्नेछ र भविष्यमा ठूला उपलब्धि दिलाउनेछ। बुद्धिको उपयोगले आर्थिक लक्ष्य हासिल हुनेछ। सन्तान र सहयोगीहरूको साथले आयआर्जनमा टेवा पुग्नेछ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    आर्थिक क्षेत्रमा फाइदाका नयाँ स्रोतहरू पहिलिन सकिनेछन्। भूमि तथा पशुधनबाट आम्दानी बढ्ने संकेत छ। हतारो निर्णयले घाटा गराउन सक्छ, सतर्क रहनुहोस्। प्रक्रिया पुरा गरेर अघि बढ्दा सफल परिणाम मिल्नेछ। मिहिनेतबाट अपेक्षित नतिजा प्राप्त हुनेछ। बुद्धिको प्रयोगले आर्थिक अवसर पहिचान गरी लाभ लिन सकिनेछ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आर्थिक क्षेत्रमा नयाँ प्रस्ताव र अवसर आउन सक्छन्। भूमि तथा पशुधनबाट सामान्य लाभ मिल्नेछ। तर श्रमको प्रतिफल अरूले लिने सम्भावना भएकाले सतर्क रहनुहोस्। काम दोहोर्याउनुपर्ने अवस्था आउन सक्छ, तर मिहिनेतले सफलता दिलाउनेछ। साथीभाइ र सहयोगीहरूबाट टेवा मिल्नेछ। सोचविचार गरेर निर्णय गर्दा आर्थिक लाभ सुनिश्चित हुनेछ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    आर्थिक प्रगतिको राम्रो सम्भावना देखिन्छ। व्यापारमा मातापिताको सहयोगले लाभ हुनेछ भने नयाँ काम सुरु गर्ने राम्रो समय हुनेछ। बोली र विचारले अवसरहरू दिलाउनेछन्। दिउँसोदेखि फाइदाजनक काम प्रारम्भ हुनेछ। नाम र दाम दुवै कमाउने मौका पाइनेछ। मेहनत र सकारात्मक सोचले आर्थिक लक्ष्यमा पुर्‍याउनेछ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    आर्थिक क्षेत्रमा दिगो सफलता मिल्ने संकेत छ। आम्दानीका स्रोत बढ्नेछन् र नयाँ कामको सुरुवात लाभदायक बन्नेछ। मिहिनेतले ठूला उपलब्धि दिलाउनेछ भने व्यवसायमा दीर्घकालीन सम्झौता हुने सम्भावना छ। भौतिक साधनको विस्तारले आर्थिक स्थिति मजबुत बनाउनेछ। ज्ञान र अनुभवले थप अवसर दिलाउनेछन्।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    आर्थिक क्षेत्र स्थिर भए पनि खर्चिलो कामले दबाब दिन सक्छ, सावधानी आवश्यक छ। सहकारी वा वित्तीय अनुबन्धमा सोचेर कदम चाल्नुहोस्। वैदेशिक प्रयासमा सफलता मिल्नेछ, जसले दीर्घकालीन लाभ ल्याउनेछ। आजको मिहिनेतले भविष्यमा फाइदा दिनेछ। पेसा–व्यवसायमा लाभ हुनेछ भने नयाँ काम सुरु गर्न अनुकूल समय छ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    व्यापारमा मनग्य लाभ र आम्दानीका नयाँ स्रोत फेला पर्नेछ। जोखिमपूर्ण काममा अपेक्षाभन्दा राम्रो सफलता मिल्नेछ। सम्पर्क विस्तारले भविष्यमा आर्थिक योजना अघि बढ्नेछ। श्रमको उचित मूल्य पाइनेछ र व्यापारमा फड्को मार्न सकिनेछ। तर दिउँसोपछि खर्च बढ्न सक्छ, जसले ऋणको आवश्यकता हुन सक्छ, सतर्क रहनुहोस्।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    आर्थिक क्षेत्रका लागि अनुकूल समय छ। दिगो फाइदा दिने कामको जग बस्नेछ र पहिलेका कामबाट मनग्य लाभ मिल्नेछ। उठ्नुपर्ने रकम हातलागी हुने सम्भावना छ भने सञ्चित रकमको उचित प्रयोगले थप लाभ दिलाउनेछ। आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन्। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    व्यावसायिक क्षेत्रमा जोखिमपूर्ण निर्णयहरूबाट बच्नुहोस् र समय अनुसार काम गर्नुहोस्। कार्यक्षेत्रमा केही अड्चनहरू आउन सक्छ, तर बाधा हट्नेछ र व्यवसायमा मनग्य फाइदा हुनेछ। टाढिएका मित्रहरू नजिकिनाले खुशी मिल्नेछ, र सामाजिक काममा रुचि बढ्नेछ। सहयोगीहरूको साथले सफलता सुनिश्चित हुनेछ। नाम, दाम, र इनाम हातलागी हुनेछ, र धार्मिक कार्यमा मनोवृत्ति बढ्नेछ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    रोकिएका कार्यहरू पुनः सुरु हुनेछन्, र कार्यक्षेत्रमा सम्मानित जनहरूको सहयोग पाइनेछ। नयाँ कार्यका अवसर आउन सक्छन्, र नयाँ पहिरनले व्यक्तित्वमा आकर्षण थप्नेछ। यद्यपि अरूको लागि समय खर्चनु पर्छ, र स्वास्थ्य र व्यवहारमा केही समस्या आउन सक्छ। दिउँसोदेखि प्रभाव जमाउने मौका हुनेछ र सहयात्रीहरूको साथले सफलता प्राप्त हुनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    नयाँ कार्यको सुरुवातले दिनचर्यामा परिवर्तन ल्याउनेछ र उत्साहमा वृद्धि हुनेछ। नोकरीमा नयाँ जिम्मेवारी र प्रभाव बढ्नेछ, तर वाहनमा खर्च बढ्न सक्छ, त्यसैले यात्रा अघि सवारी चेक गर्न महत्वपूर्ण छ। बिहानको समय विशेष काममा बढी लाभदायक रहनेछ। व्यवसायमा आम्दानी बढ्नेछ र साथीभाइको सहयोगले परिस्थिति अनुकूल हुनेछ। स्वास्थ्यमा ध्यान दिनुहोस्, र दिउँसो खर्चमा केही वृद्धि हुन सक्छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com