आज वि.सं. २०८२ साल वैशाख २९ गते, सोमबार तदनुसार ईश्वी सन् २०२५ मे १२ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायणं, वसन्त ऋतु, श्रीशाके १९४७, वैशाख शुक्लपक्ष, पूर्णिमा तिथी, बेलुकी ९ बजेर ३७ मिनेट उप्रान्त प्रतिपदा, स्वाती नक्षत्र, आनन्दादिमा–छत्र योग, चन्द्रराशि–तुला ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
व्यवसायमा लाभको सम्भावना रहेको आजको दिन आर्थिक दृष्टिले फलदायी रहनेछ। नयाँ कामको जोशले आम्दानीका नयाँ स्रोत खुल्नेछन्। यात्राले व्यवसायिक अवसर दिलाउन सक्छ भने किनमेलमा खर्च हुने सम्भावना छ। मिहिनेतले आर्थिक लक्ष्य पुरा गर्न सहयोग पुग्नेछ। प्रियजन र आफन्तको साथले आत्मविश्वास बढ्नेछ। किनमेलमा केही खर्च हुने समय छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आजको दिन आर्थिक दृष्टिले आशाजनक रहनेछ। रकम तथा भौतिक साधन जुट्नेछन्, जसले उत्साह बढाउनेछ। दिगो फाइदा हुने कार्य प्रारम्भ हुने सम्भावना छ। अफिसियल यात्राबाट लाभ मिल्नेछ। प्रतिस्पर्धा र मुद्दामा जित सम्भव छ। मेहनतले आर्थिक लक्ष्यमा पुर्याउनेछ। व्यापार वा सेवा क्षेत्रमा स्थायित्व र लाभको संकेत देखिन्छ। प्रतिष्ठा जोगाउन सफल भइनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आजको दिन आर्थिक दृष्टिले लाभदायक रहनेछ। व्यापार र उद्योगमा लगानी फस्टाउनेछ भने सेवामूलक कार्यबाट आम्दानी हुनेछ। बौद्धिक र सिर्जनात्मक क्षेत्रले नामसाथै दाम पनि दिलाउनेछ। कृषि वा पशुपालनबाट फाइदा मिल्नेछ। फाइदाका नयाँ स्रोत पहिचान गर्न सकिनेछ। प्रयत्नले लक्ष्य प्राप्त हुनेछ। काममा मित्रवर्गको सहयोगले आर्थिक सफलता बढ्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आजको दिन आर्थिक पक्षमा संयमता अपनाउनु पर्ने समय हो। व्यापारमा नयाँ निर्णय सोचविचारपूर्वक लिनुहोला, हडबडले घाटा निम्त्याउन सक्छ। सवारी, कृषि र पशुपालन व्यवसायले लाभ दिने संकेत छन्। महत्त्वाकांक्षी योजना गोप्य राख्दा फाइदा हुनेछ। आफन्तको सहयोगले सुधारात्मक कदम चाल्न सकिनेछ। सामाजिक कार्यले प्रतिष्ठा कायम राख्न मद्दत पुर्याउनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आजको दिन आर्थिक दृष्टिले लाभदायक रहनेछ। उद्योग, व्यापारमा विशेष फाइदा मिल्नेछ भने नयाँ कामबाट मनग्गे धन आर्जनको सम्भावना छ। रोकिएका कार्य बन्ने र आम्दानी बढ्ने संकेत छन्। कृषिमा सामान्य र व्यवसायमा राम्रो फाइदा पाइनेछ। विगतका कर्मको प्रतिफल स्वरूप आम्दानीमा वृद्धि हुनेछ। योजनामा आट लिएर अघि बढ्दा आर्थिक सफलता प्राप्त हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आजको दिन आर्थिक दृष्टिले उत्साहजनक रहनेछ। व्यापार व्यवसायबाट मनग्गे आम्दानी हुने छ भने मिहिनेतले आयका नयाँ स्रोत खुल्नेछन्। कला, साहित्य र अध्ययनका माध्यमबाट पनि धन आर्जन सम्भव छ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। मनोरञ्जनमा खर्च सोचविचार गरेर गर्नुहोला। बुद्धिको प्रयोगले विद्या र सम्पत्तिमा वृद्धि हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आजको दिन अध्ययनमा प्रगति हुनेछ र तपाईं अरूलाई पछाडि पार्दै अग्रपङ्क्तिमा आउन सक्नुहुन्छ। मेहनत र जुझारु कार्यशैलीले लक्ष्यमा पुग्न सजिलो हुनेछ। व्यापारमा लगानी बढाउने अवसर प्राप्त हुनेछ जसले आम्दानीमा वृद्धि ल्याउनेछ। पद प्रतिष्ठामा वृद्धि हुनेछ र राजनीतिमा सफलता मिल्ने संभावना छ। सकारात्मक सोच र कडा मेहनतले काममा सफलता दिलाउनेछ, साथै परिवारसँग रमाइलो समय बिताउने अवसर पनि हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आजको दिन आर्थिक दृष्टिले चुनौतीपूर्ण रहन सक्छ। स्वदेशी वस्तुको बिक्री घट्नेछ भने विदेशी सामानको व्यापार फस्टाउने सम्भावना छ। अनावश्यक खर्च र स्वास्थ्यसम्बन्धी खर्च बढ्न सक्छ। व्यवसायमा लगानी आवश्यक पर्न सक्छ र कर्जाको सहारा लिनुपर्न सक्छ। खर्च व्यवस्थापनमा ध्यान दिनुहोला। यद्यपि दिगो फाइदाका काममा समयले साथ दिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आजको दिन आर्थिक रूपमा लाभदायक रहनेछ। विभिन्न कामका प्रस्तावबाट प्रशस्त आम्दानी हुने योग छ भने व्यापारमा लगानीबाट भनेजस्तो नाफा कमाउन सकिनेछ। अड्किएको रकम उठ्नेछ र नयाँ आयस्रोत खुल्नेछन्। यद्यपि, खर्च र लगानीको सन्तुलनमा ध्यान दिनु आवश्यक छ, किनभने काम पूरा गर्न अनुमानभन्दा बढी खर्चिन सक्छ। अवसरको सदुपयोग गर्दा आर्थिक उन्नति सम्भव छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आजको दिन सामाजिक, राजनीतिक र व्यापार क्षेत्रमा महत्वपूर्ण अवसरहरू आउनेछन्। कृषि तथा पशुपालनमा गरिएको लगानीबाट राम्रो धन आर्जन गर्न सकिनेछ। कार्यक्षेत्रमा उच्चपदासीन व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ र व्यापारमा विशेष लाभ मिल्नेछ। मेहनत र आत्मबलले नयाँ कार्यको थालनी गर्न सफल हुनेछ। सामाजिक क्षेत्रमा नेतृत्वको अवसर पाइनेछ। राम्रो कर्मफलले मन प्रसन्न पार्नेछ, साथै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आजको दिन धार्मिक र शैक्षिक यात्राको राम्रो सम्भावना रहेको छ। सानो प्रयासले ठूला उपलब्धिहरू प्राप्त हुनेछन्। पूजा सामाग्री र चाडबाड लक्षित व्यापारमा वृद्धि हुनेछ, र राज्यको नजिक काम गर्नेहरूले आर्थिक लाभ पाइनेछन्। मेहनत र लगनशीलताले कार्यमा सफलता दिलाउनेछ। व्यापारमा लाभको अवसर पनि मिल्नेछ। भाग्यसँग मिलेर काम अघि बढ्नेछ र नयाँ कार्यहरूको थालनी गर्न सकिनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अनावश्यक विषयमा विवादमा फस्ने सम्भावना छ र सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोस्। स्वास्थ्य समस्या आएमा काम प्रभावित हुने सम्भावना छ। आर्थिक संकटको सामना गर्न सकिन्छ, त्यसैले खर्चमा सन्तुलन राख्नु महत्त्वपूर्ण हुनेछ। कार्यक्षेत्रमा बोलिका विपरीत अर्थ लाग्न सक्छ, त्यसैले निर्णयहरूमा सतर्क रहनुहोस्। व्यवसायमा नयाँ निर्णयको लागि उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। गोपनीयता बाहिरिनाले अप्ठ्यारो पर्न सक्छ ।