विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलको ७२ औं संस्करण मंगलबारदेखि, कान्स मार्केटमा नेपालबाट ‘एक्लो’

विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलको ७२ औं संस्करण मंगलबारदेखि, कान्स मार्केटमा नेपालबाट ‘एक्लो’

सोमवार, बैशाख २९ २०८२
सोमवार, बैशाख २९ २०८२
  • विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलको ७२ औं संस्करण मंगलबारदेखि, कान्स मार्केटमा नेपालबाट ‘एक्लो’
    images
    images

    काठमाडौँ/  विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलको ७२ औं संस्करण मंगलबारदेखि सुरु हुँदैछ।

    images
    images

     फ्रान्सको दक्षिणपूर्वी फ्रेन्च रिभिएरा क्षेत्रको कान्स सहरमा १३ देखि २४ मे सम्म महोत्सव आयोजना हुनेछ।

    यसवर्षको कान्समा केही खास आकर्षण हुनेछन् । विश्वचर्चित हलिउड फिल्म ‘मिसन इम्पोसिबल’को अन्तिम श्रृंखला ‘डेड रोकोनिङ’को वर्ल्ड प्रिमियरमा सहभागी हुन टम क्रूज रेडकार्पेटमा सहभागी हुनेछन् ।

    महोत्सव फ्रान्सेली कमेडी फिल्म ‘लिभ वान डे’को ओपनिङ सँगै सुरु हुनेछ। 

    फ्रान्सेली अभिनेत्री जुलिएट बिनोचेले मुख्य प्रतिस्पर्धा विधामा जजको भूमिका निर्वाह गर्नेछिन्। अभिनेता रोबर्ट डी निरोले मानार्थ पाम डी’ओर प्राप्त गर्ने छन् ।

    कान्स मार्केटमा नेपालबाट ‘एक्लो’

    प्रतिस्पर्धामा छनोट नभएपनि कान्स फिल्म फेस्टिभल २०२५ का विभिन्न कार्यक्रममा नेपाली फिल्म ‘एक्लो’ सहभागी हुँदैछ। 

     ‘मार्चे दु फिल्म’ भनिने कान्स मार्केटमा सम्भवतः पहिलोपटक नेपाली फिल्मले स्टल नै खडा गरेर फिल्मलाई अन्तर्राष्ट्रिय वितरक, सेल्स एजेन्ट र निर्माताबीच ‘पिचिङ’ गर्न लागेको हो ।

    मे १३ देखि २१ सम्म हुने कान्स मार्केटमा ‘एक्लो’का निर्माताहरू रितेश राना, संगीता श्रेष्ठ, भाइराजा थापा, राजु गुरुङ, उत्सव विष्ट कान्स मार्केटमा सहभागी हुनेछन् । 

    फिल्मकी कोपरेटिभ डिरेक्टर रिश्ता कार्की बजारीकरण प्रमुखको रुपमा सहभागी हुनेछिन् । निर्माताले महंगो पैसा तिरेरै कान्स मार्केटमा स्टल राख्दैछन् ।

    स्टलमा नेपालको झण्डा राख्ने तयारी छ । निर्देशक प्रदीप शाही स्वयम प्रोड्युर्स नेटवर्कमा सहभागी हुँदैछन् । उनी तयारीको लागि आइतबार पेरिस पुगेका छन्। ‘हामीले यसवर्षको कान्समार्फत नेपाल र एक्लोलाई कनेक्ट गर्न खोजेका छौं’ निर्देशक शाहीले बताए ।

    कान्स सुरु हुनुअघि नै फिल्मबारे ७ अन्तर्राष्ट्रिय वितरकले फिल्मबारे रुचि राखेको शाहीले बताए । 

    उनका अनुसार, वेबसाइटमा जानकारी हेरेर ४ अमेरिकी, २ जापानी र एक भारतीय वितरण कम्पनीले प्रस्ताव राखेका छन् ।

    कान्स मार्केटमा ‘एक्लो’ले अन्तर्राष्ट्रिय वितरक, सेल्स एजेन्ट, मेकर र ओटीटीमाझ फिल्म प्रवर्धन गर्नेछ ।
     नेपालको छायांकन गन्तव्यबारे प्रचारप्रसार गर्ने, सम्भावित को–प्रोडक्सनबारे मार्केटमा ‘एक्लो’का निर्माताले पहल गर्नेछन् ।

    निर्देशक शाही कान्स प्रोड्युसर्स नेटवर्कमा छनोट भएको खबर यसअघि आइसकेको छ । ‘हामीले नेपाल र एक्लोलाई कनेक्ट गर्न खोजेका छौं । मार्केटमा स्टल राख्न खोजेको पहिलोपटक नेपाली फिल्म हो ।

    प्रड्युसर्स नेटवर्कमा आफूले विश्व फिल्म निकायका प्रतिनिधि, निर्मातासँग भेट्नेदेखि लिएर ‘एक्लो’लाई पिच गर्ने आफ्नो तयारी रहेको उनले बताए ।

     ‘कान्स मार्केट हाम्रो फिल्म एक्लोमा मात्र सीमित हुनेछैन । भविष्यमा हुनसक्ने सहकार्य र को–प्रोडक्सनको कुरा पनि हुन्छ’ उनले भने ।

    शाही र ‘एक्लो’का केही कलाकार रेडकार्पेट र कुनै एक फिल्मको प्रिमियरमा पनि सहभागी हुने तयारीमा छन् । यद्यपि, यसबारे निधो हुन बाँकी छ ।

    कान्स मार्केटमा १४० देशका १४,००० भन्दा बढी सहभागी हुने जनाइएको छ । जहाँ, १,५०० फिल्मको प्रदर्शन र ४,००० प्रोजेक्ट पिच हुनेछन् । यो तथ्यांक हेर्दा पनि कान्स मार्केट विश्व फिल्म बजारको लागि महत्वपूर्ण हुने देखिन्छ ।

    ‘नेपाली फिल्मको अन्तर्राष्ट्रियकरण’

    निर्देशक शाहीले यसवर्षको कान्समा ‘एक्लो’को सहभागितामार्फत आफूले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय तहमा लैजान चाहेको बताए ।

    ‘हामी अहिले पनि नेपाली थिएटर र एपमा मात्र सीमित छौं । सबटाइटल र एआईले डबिङ गर्ने जमानामा हो यो’ उनले भने, ‘हामीले एक्लोमार्फत साइन्स फिक्सन कथालाई हिन्दू संस्कार र संस्कृतिसँग जोड्न खोजेका छौं । पपुलर कल्चरमार्फत संस्कृतिलाई झल्काउन चाहन्छौं ।’

    नेपाली फिल्ममा विदेशी लगानी भित्राउने, नेपाललाई सुटिङको हब बनाएर अन्तर्राष्ट्रियरुपमा हाम्रा लोकेसनको प्रचार गर्ने, संस्कृतिसँग फिल्म जोड्ने आफ्नो उद्देश्य रहेको उनले बताए।

    ‘अहिलेसम्म हामीले कल्चर विदेशमा देखाउन सकेका छैनौं । कि त बलिउड भर्सनको आउँछ, कि साउथको प्याट्रन आउँछ, कि नेपाली फिल्मले दुःख र गरिबी मात्र देखाउँछ । 

    यो पर्सपेक्टिभलाई चेन्ज गर्नुपर्छ’ उनले भने ।

    यो ‘साइन्स फिक्सन’ फिल्ममा प्रदीप खड्का, विजय लामा, सुनिल थापा, दीया पुन, बेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली लगायतको अभिनय छ । बेलायती कलाकार जेमी बेकन पनि महत्वपूर्ण रोलमा छन् ।

    फिल्मले खतरनाक भाइरसले सन् २०३० सम्म मानिसले पृथ्वी ग्रह छाड्ने भविष्यको एक काल्पनिक कथा भन्छ । त्यसको ६० वर्षपछि बेलायती अन्तरीक्षयात्री ज्याक ९बेकन० आफ्ना साझेदारसँग हिमालय क्षेत्रमा क्रास ल्यान्डिङ गर्छन् ।

    तिनीहरूले आफ्नो वरपरको खोजी गर्छन् र पहाड बीचमा रहेको गुफाभित्र लुकेको शहर पत्ता लगाउँछन्, जहाँ तिनीहरूले एक रहस्यमय व्यक्तित्व (प्रदीप खड्का) लाई भेट्छन्, जो हिमालय क्षेत्रको पौराणिक संरक्षक हो । 

    यसअघि ‘अन्तिम संस्कार’ र ‘गुर्खाः विनिथ द ब्रेभरी’ निर्देशन गरेका शाहीको यो तेस्रो निर्देशकीय प्रोजेक्ट हो।

    फिल्ममा प्रदीप खड्का, बेनिशा हमाल, विजय लामा, सुनील थापा, दिया पुन, दिनेश डिसी, सुरज सिंह ठकुरी, एवन राज उप्रेती, कविता नेपाली , त्रीचु राई , कृष्णभक्त महर्जनलगायत कलाकारको अभिनय छ।

     

    विज्ञान कथामा आधारित फिल्म ‘एक्लो’लाई आउँदो तिहारमा नेपालका हलमा प्रदर्शन लक्ष्य छ । निर्देशक शाहीका अनुसार भीएफएक्ससहित फिल्मको बजेट ६ करोड नेरु पुगेको छ ।

    फिल्म ‘एक्लो’ का निर्माता राज कुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन हुन् भने कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ रहेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com