आज विक्रम संवत २०८२ साल वैशाख ३० गते, मंगलबार तदनुसार ईश्वी सन् २०२५ मे १३ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायणं, वसन्त ऋतु, श्रीशाके १९४७, जेष्ठ कृष्णपक्ष, प्रतिपदा तिथी, बेलुकी ११ बजेर २८ मिनेट उप्रान्त द्वितीया, विशाखा नक्षत्र आनन्दादिमा–श्रीवत्स योग, चन्द्रराशि–बृश्चिक।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
चुनौतीपूर्ण समय रहेको देखिन्छ। खर्च बढ्ने, आम्दानी सामान्य रहने, र योजनाहरूमा ढिलाइ हुने सम्भावना छ। लगानीमा जोखिम हुन सक्छ, सोचविचार गरेर मात्र अघि बढ्नुहोस्। व्यापारमा घाटा टार्न समय र ध्यान दिनुपर्छ। पुराना समस्याले अलमल्याउनेछ, संयमता अपनाउनु हितकर हुनेछ। बचतमा ध्यान दिँदा भविष्य सुरक्षित रहन सक्छ। नतिजा सुधार्न दोहोर्याएर काम गर्नुपर्छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सुरुमा व्यापारमा समय नदिँदा घाटा भए पनि पछि नयाँ योजनाबाट आम्दानी बढ्नेछ। खर्च बढे पनि पारिवारिक सहयोगले राहत मिल्नेछ। फुर्सदको उपयोग गरेर योजना बनाउँदा लाभ पाइनेछ। रोकिएका काम पूरा हुनेछन्। समग्रमा धैर्य र सक्रियताले आर्थिक सुधार सम्भव देखिन्छ। व्यवसायले मनग्य आम्दानी दिलाउनेछ। विभिन्न सहयोग र उपहार हातलागी हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
विद्या र बुद्धिको प्रयोगले आम्दानी बढ्नेछ। व्यापार विस्तार र वित्तीय लगानीबाट लाभ मिल्नेछ। पुराना ऋण चुक्ता हुनेछन् भने मुद्दा मामिलामा जित सम्भव छ। प्रतिस्पर्धामा सफलता मिल्नेछ। शत्रु कमजोर बन्नेछन्। हिम्मत र मेहनतले आर्थिक उन्नति सम्भव छ, तर आवेशमा नियन्त्रण राख्नुहोस्। सवारी साधनको प्रयोग गर्दा वा चलाउदा ध्यान दिनुहोला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शिक्षाक्षेत्रमा आबद्धहरूका लागि लाभदायक देखिन्छ। अध्ययन, बौद्धिक प्रतिस्पर्धा, वा गुरुजनको सुझावबाट आम्दानीको बाटो खुल्नेछ। नयाँ काम वा पदोन्नतिको सम्भावना बलियो छ। सन्तानको सफलता र सहयोगले मन प्रशन्न बन्नेछ। सेवामूलक कामबाट प्रतिष्ठा र फाइदा दुबै प्राप्त हुनेछ। बुद्धिको प्रयोगले आर्थिक उन्नति सम्भव छ। मेहनतले प्रतिस्पर्धाको दौडमा सफलता दिलाउनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आजको समय मिश्रित छ। कृषि क्षेत्रमा गरिएको लगानीबाट लाभ मिल्नेछ भने मिहिनेतले जटिल काम सफल पार्न सकिनेछ। तर, स्वास्थ्य समस्या, न्यून पारिश्रमिक, र कागजी काममा लापरवाहीले घाटा निम्त्याउन सक्छ। अधिकारी वर्गबाट अपेक्षित सहयोग नपाइएला। जग्गा किनबेच गर्दा सतर्क रहनुहोस्। धैर्य र सुझबुझले दिगो फाइदाको बाटो खोल्नेछ। सेवामूलक काम सम्पादन गर्न सकिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय उत्साहजनक देखिन्छ। सानो प्रयत्नले पनि मनग्य फाइदा हुने संकेत छन्। पहिल्यै गरिएको लगानीबाट लाभ मिल्नेछ भने नयाँ अवसरहरू खुल्नेछन्। सामाजिक सम्बन्ध, दाजुभाइ र साथीसँगको सहयोगले व्यवसायमा उर्जा थप्नेछ। प्रतिस्पर्धीहरू समेत सहयोगी बन्नेछन्। पढाइ, प्रेम र काममा सफलता मिल्ने, आत्मविश्वास बढ्ने समय हो। मिहिनेतले जटिल काम पनि सम्पादन गर्न सकिनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आशावादी रहने समय रहेको छ। अध्ययन-अध्यापनमा सफलता मिल्नेछ र बुद्धिको प्रयोगले काममा फाइदा हुनेछ। शेयरबजार वा दीर्घकालीन लगानी लाभदायक बन्नेछ। आफन्तको सहयोग र बोलेको प्रभावले अवसर सृजना हुनेछ। यद्यपि प्रशासनिक अवरोध र प्राथमिकता नबुझ्दा काम पछि पर्न सक्छन्, त्यसैले सावधानी जरुरी छ। आजको मिहिनेतले भविष्यमा आम्दानी सुनिश्चित गर्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पढाइमा सुधार र दाजुभाइको सहयोगले ठूलो उपलब्धि हात पार्न सकिनेछ। व्यापार, शेयरबजारमा लगानीले आम्दानीको क्षेत्र फराकिलो बनाउनेछ। नयाँ ज्ञान र सामाजिक सम्पर्कले भविष्यका अवसरहरू बढाउनेछन्। यद्यपि, अरूको भर नपरी आत्मनिर्भर बन्नु आवश्यक छ। सानातिना चुनौतीहरू पार गर्दै मिहिनेतले दीर्घकालीन लाभ दिलाउनेछ। व्यवसायबाट मनग्य धनलाभ हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
उतारचढावपूर्ण समय रहेको छ। खर्च बढ्नेछ, औषधि र घरायसी आवश्यकतामा खर्च बढ्न सक्छ, तर विदेशी वस्तु व्यापार र नयाँ व्यवसायिक अवसरले राहत दिनेछन्। लगानी आवश्यक हुनेछ, र दिगो योजनाका लागि ऋण लिने समय उपयुक्त छ। भावुक निर्णयबाट बच्नुपर्छ। मिहिनेत, दौडधुप र पुनः प्रयासले सफलता सम्भव छ। व्यापार व्यवसायमा नँया अवसरको उपयोग गरी दिगो फाइदा लिन सकिनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
तपाईँको लागि आजको समय सकारात्मक छ। कृषि, पशुपालन, शिक्षा, र खनिज पदार्थसँग सम्बन्धित कार्यहरूले आम्दानी बढाउनेछन्। सामाजिक सञ्जाल र प्रविधिको प्रयोगबाट नयाँ अवसरहरू खुल्नेछन्। कार्यक्षेत्रमा व्यावहारिक सोच र समझदारीले प्रशंसा ल्याउनेछ। आयआर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्, र पूर्वमा गरिएका कामबाट ठूलो लाभ हुनेछ। लगानीमा मुनाफा र धनको सही उपयोगले भविष्यमा स्थिर फाइदा मिल्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आजको दिन उत्साहजनक छ। आफन्त र परिवारसँग रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ। कार्यस्थलमा आत्मबल र जोशले सफलता प्राप्त हुनेछ। न्यायिक समस्याहरू हल हुँदै जानेछन् र साथीभाइ, ईष्टमित्रको सहयोगले नयाँ काममा सफलता मिल्नेछ। रोजगारीको खोजीमा रहेका व्यक्तिहरूलाई अवसर मिल्नेछ। मेहनतले नाम, दाम र इनाम ल्याउनेछ। विशेष व्यक्तिहरूसँग मित्रता बढ्नेछ र व्यापार वा नोकरीमा लगानी बढाउने उपयुक्त समय छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
धार्मिक प्रतिष्ठान र मन्दिर तिरको यात्रा गर्ने अवसर मिल्नेछ, जसले मानसिक शान्ति र ऊर्जा दिनेछ। नयाँ योजना बनाउन र कार्यान्वयन गर्न साथीभाइ र आफन्तको सहयोग मिल्नेछ। आर्थिक क्षेत्रमा थोरै लगानीबाट प्रशस्त लाभ हुने सम्भावना छ। कार्यक्षेत्रमा अधिकारीहरूको प्रशंसा र कानुनी समस्यामा पक्ष सबल रहनेछ। मिहिनेतले सम्मान र प्रतिष्ठा दिलाउनेछ, तर अरुको भरमा निर्भर नगर्नुहोस्। दिगो कामको योजना बनाउन सकिनेछ।