रोशी खोलाले बगाएको बीपी राजमार्ग सञ्चालन गर्ने तयारी

रोशी खोलाले बगाएको बीपी राजमार्ग सञ्चालन गर्ने तयारी

मंगलवार, बैशाख ३० २०८२
मंगलवार, बैशाख ३० २०८२
  • रोशी खोलाले बगाएको बीपी राजमार्ग सञ्चालन गर्ने तयारी
    images
    images

    रामेछाप / वर्षाका कारण अवरुद्ध भएको बिपी राजमार्गको मर्मत कार्य जारी रहेको छ । सोमबार रातिको वर्षाका कारण रोशी खोलमा आएको बाढीले सो सडकको माम्ती, डालाबेसी र बोक्सी डाँडामा क्षति पु¥याएको थियो । ती मध्ये अन्य ठाउँमा सडक मर्मतको काम सकिएको र माम्तीको डाइभर्सन मर्मत कार्य भइरहेको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले जानकारी दिए । 

    images
    images

    असोज महिनामा आएको बाढीले बीपी राजमार्ग बगाएपछि खोलामा निर्माण गरिएको डाइभर्सन बगाएको बताउँदै उनले आधा घण्टादेखि एक घण्टाको बिचमा दुई तर्फी नै सडक सञ्चालन हुने जानकारी दिए ।


    “म फिल्डमै छु, अन्यत्र खासै क्षति छैन । पहिला नै बनाएको पुरानो डाइभर्सन बगाएको हो, त्यहाँ हामीले नयाँ काम गर्न बाँकी थियो । बढीमा एक घण्टामा सडक सञ्चालन हुन्छ”, उनले भने । 

    बीपी मार्ग स्थायी रूपमा निर्माणको काम नहुँदासम्मको लागि अस्थायी बाह्रै महिना यातायात सञ्चालन हुनेगरी सडक निर्माणको काम भइरहेको छ ।

    अन्यत्र काम सकिएको भए पनि सो स्थानमा केही काम बाँकी रहेको योगेशले बताए । सो काम पनि छिटो सम्पन्न गरी वर्षामा पनि यातायात सञ्चालन गर्न सक्ने गरी सडक बन्ने उनले बताए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com