काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट भएको छ। मङ्गलबार नेप्से परिसूचक १४.८७ अङ्कले घटेर २६३४.२३ को बिन्दुमा कायम भएको हो ।
आज तीन सय १४ कम्पनीको २ करोड १८ लाख २८ हजार २३१ कित्ता सेयर १ लाख २ हजार ४४५ पटक खरिदबिक्री हुँदा ९ अर्ब ६३ करोड ४८ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
मङ्गलबार तीन समूहको परिसूचक सामान्य बढेको छ भने बाँकी सबै समूहको सूचक घटेको छ । विकास बैंक समूह ०.८८, जीवन बिमा ०.९५ र उत्पादन तथा प्रशोधन समूह ०.३४ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।
बैंकिङ ०.३०, वित्त १.९१, होटल तथा पर्यटन २.२१, जलविद्युत् १.१८ र लगानी समूह ०.७९ प्रतिशतले घटेको छ । त्यसैगरी, लघुवित्त ०.६९, म्युचुअल फन्ड ०.१८, निर्जीवन बिमा समूह ०.५९, व्यापार २.४६ र अन्य समूह ०.६० प्रतिशतले घटेको छ ।
आजको कारोबारमा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड र ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ६.२२ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्याका आधारमा आज युनिभर्सल पावर कम्पनी लिमिटेड सबैभन्दा माथि छ ।
यो कम्पनीको ६७ करोड २० लाख ८५ हजार ८० बराबरको १५ लाख ४६ हजार ४८९ कित्ता शेयर किनबेच भएको छ ।