रविन्द्र मिश्र र दुर्गा प्रसाईलगायतको टोलीलाई पाँच दिनको म्याद थप

रविन्द्र मिश्र र दुर्गा प्रसाईलगायतको टोलीलाई पाँच दिनको म्याद थप

मंगलवार, बैशाख ३० २०८२
मंगलवार, बैशाख ३० २०८२
  • रविन्द्र मिश्र र दुर्गा प्रसाईलगायतको टोलीलाई पाँच दिनको म्याद थप
    images
    images

    काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र संयुक्त जनआन्दोलन समितिका जनकमान्डर दुर्गा प्रसाइलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

    images
    images

    मंगलबार काठमाडौं जिल्ला अदालतले मिश्र र प्रसाईंसहित २५ जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । 

    तीनकुने घटनामा संलग्न रहेको आरोपमा मिश्र ४६ दिनदेखि प्रहरी हिरासतमा छन् । उनी गत चैत १५ गते पक्राउ परेका थिए । दुर्गा प्रसाईंको आह्वानमा चैत १५ गते काठमाडौँको तीनकुनेमा प्रदर्शन भएको थियो । 

    आज रवीन्द्र मिश्रलाई गैरकानुनी रूपमा थुनामा राखिएका भन्दै उनको श्रीमती सारिका कार्कीले सर्वोच्चमा रिट दायर गरेकी छन् । रिटमा गृह मन्त्रालयलाई विपक्षी बनाइएको छ । यस रिटको पेसी बुधबारका लागि तोकिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com