टेलिकमले सञ्चालन गर्यो लाङटाङ-क्यान्जिन पदमार्गमा फोरजी मोबाइल सेवा

टेलिकमले सञ्चालन गर्यो लाङटाङ-क्यान्जिन पदमार्गमा फोरजी मोबाइल सेवा

बुधवार, बैशाख ३१ २०८२
बुधवार, बैशाख ३१ २०८२
  • टेलिकमले सञ्चालन गर्यो लाङटाङ-क्यान्जिन पदमार्गमा फोरजी मोबाइल सेवा
    images
    images

    काठमाडौँ / नेपाल टेलिकमले पदयात्रा गन्तव्यको रूपमा परिचित लाङटाङ(क्यान्जिन पदमार्गमा फोरजी मोबाइल सेवा सञ्चालन गरेको छ । उक्त क्षेत्रका बासिन्दा तथा पर्यटकलाई लक्षित गरी कम्पनीले फोरजी मोबाइल सेवा सञ्चालन गरेको हो । 

    images
    images

    काठमाडौँदेखि सबैभन्दा नजिकको हिमाली पदमार्गको रूपमा चिनिने यस क्षेत्रमा नेपाल टेलिकमको फोरजी मोबाइल सेवाले पर्यटकहरूलाई यात्राका दौरानमा सांस्कृतिक, प्राकृतिक र भौगोलिक विविधताको अनुभव आफ्ना प्रियजनहरूसँग साटासाट गर्न सहयोग पुग्ने बताइएको छ । 

    समुद्री सतहबाट करिब ३८०० मिटरको उचाइमा अवस्थित क्यान्जिन उपत्यकामा नयाँ बिटिएस जडान गरेर नेपाल टेलिकमले उक्त क्षेत्रमा फोरजी सेवा सञ्चालनमा ल्याएको हो । 

    रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका-४ मा पर्ने र स्याफ्रुबेशीबाट लगभग २ दिनको पैदलयात्रामा पुगिने मनमोहक पर्यटकीय स्थल क्यान्जिन उपत्यका स्वदेशी तथा विदेशी पर्यटकका लागि लोकप्रिय गन्तव्यस्थल हो । 

    लाङटाङ राष्ट्रिय निकुञ्जको क्षेत्रमा पर्ने यस उपत्यकामा नेपाल टेलिकमको फोरजी सेवा विस्तार भएसँगै यस क्षेत्रका स्थानीय बासिन्दा, घुम्न आउने पर्यटकहरु तथा यस भेगका पर्यटन लगायत अन्य व्यवसायीहरु समेत दूरसञ्चार सेवाबाट लाभान्वित हुने विश्वास कम्पनीको रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com