आजदेखि सस्तियो पेट्रोलियम पदार्थ, कुन ठाउँमा प्रतिलिटर कति पर्ला ?

आजदेखि सस्तियो पेट्रोलियम पदार्थ, कुन ठाउँमा प्रतिलिटर कति पर्ला ?

शुक्रवार, जेठ २ २०८२
शुक्रवार, जेठ २ २०८२
  • आजदेखि सस्तियो पेट्रोलियम पदार्थ, कुन ठाउँमा प्रतिलिटर कति पर्ला ?
    images
    images

    काठमाडौँ / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले बिहीबार मध्यरातदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर एक रुपियाँ र डिजेल-मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ घटाउने निर्णय गरेको हो ।

    images
    images

    मूल्य समायोजनसँगै आजदेखि पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर १५४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १५६ रुपैयाँ र तेस्रो वर्गका लागि १५७ रुपैयाँ कायम भएको छ । 

    यस्तै, डिजेल/मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १३९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४१ रुपैयाँ र तेस्रो वर्गका लागि १४२ रुपैयाँ तोकिएको निगमले जनाएको छ । 

    निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोलाई पहिलो वर्ग, सुर्खेत र दाङ डिपोलाई दोस्रो वर्ग तथा काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ । निगमको डिपोदेखि १५ किलोमिटरसम्मका लागि उक्त खुद्रा बिक्री मूल्य लागू हुनेछ ।

    इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा एक रुपैयाँ आठ पैसा र डिजेलमा दुई रुपैयाँ ८० पैसा घटेर आएकाले खुद्रा बिक्री मूल्य मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ । 

    Note.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com