काठमाडौँ / सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले व्यतीत बीमालेखको नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शत प्रतिशत छुटसहितको पुनर्जागरण अभियान सुरु गरेको छ ।
विभिन्न कारणले समयमै बिमाशुल्क भुक्तानी गर्न असमर्थ ग्राहकवर्गहरूलाई मध्यनजर गर्दै यो योजना सार्वजनिक गरेको हो । उक्त पुनर्जागरण अभियान ज्येष्ठ १ गतेदेखि २५ गतेसम्म लागू हुनेछ ।
पुनर्जागरण अभियानअन्तर्गत बिमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुबिधा प्रदान गरिने संस्थाले जनाएको छ । सामान्य अवस्थामा बिमालेख व्यतित रहँदा बिमितले रक्षावरण गुमाउनुका साथै अतिरिक्त विलम्ब शुल्क पनि भुक्तानी गर्नुपर्ने हुन्छ ।
संस्थाले सार्बजनिक गरेको पुनर्जागरण अभियानमा भने बिलम्ब शुल्कमा छुटको सेवा सुविधा लिई व्यतित बिमालेख नविकरण गरी मौकाको फाईदा लिन कम्पनीले अनुरोध गरेको छ।
हरेक नेपालीलाई बिमाको दायराभित्र ल्याई बिमित र बिमितसँग आश्रितको आर्थिक पक्ष सबल र सदृढ गर्नको लागि जीवन बिमा अनिवार्य रहेको छ। ग्राहकवर्गहरुले संस्थाको देशैभरी रहेका १६९ शाखा कार्यालयहरूबाट वा अनलाइन भुक्तानीको माध्यमहरूबाट यस योजनामा सहभागी हुन सकिनेछ ।