नाला तथा ढलान शिलान्यास गर्न वीरगन्ज पुगेका मन्त्री यादवले भने – जल निकासी प्रणालीमा सुधार हुन्छ

नाला तथा ढलान शिलान्यास गर्न वीरगन्ज पुगेका मन्त्री यादवले भने – जल निकासी प्रणालीमा सुधार हुन्छ

आइतवार, जेठ ४ २०८२
आइतवार, जेठ ४ २०८२
  • नाला तथा ढलान शिलान्यास गर्न वीरगन्ज पुगेका मन्त्री यादवले भने – जल निकासी प्रणालीमा सुधार हुन्छ
    images
    images

    पर्सा / खानेपानीमन्त्री प्रदीप यादले वीरगन्ज महानगरपालिका–१८ सुखचैना र वडा न २१ परवानीपुर क्षेत्रमा अब जल निकासी प्रणालीमा सुधार हुने बताएका छन् । 

    images
    images

    आज वडा नं २१ स्थित परवानीपुरदेखि पटेलनगर जाने सडक खण्डमा नाला तथा ढलान निर्माण कार्यको शिलान्यास गर्दै उनले उक्त निर्माण सम्पन्न भएपछि सो क्षेत्रमा वर्षातको समयमा हुने जल जमावटको समस्या पूर्णरूपमा समाधान हुने र आवागमनमा समेत सहजता आउने बताए । 

    मन्त्री यादवले स्थानीय पूर्वाधार विकासलाई प्राथमिकता दिँदै नागरिकको दैनिक जीवन सहज बनाउन यस्ता आयोजना निकै महत्त्वपूर्ण रहेको उल्लेख गरे । 

    उनले भने, “खानेपानी तथा ढल निकासको क्षेत्रमा निकै उल्लेख्य काम भएका छन्, नागरिकको दैनिक जीवन सहज बनाउन सरकार पूर्ण प्रतिबद्ध छ ।”  

    शुद्ध खानेपानी वितरण, नाला तथा ढल निर्माणजस्ता जनताको प्रत्यक्ष जीवनसँग जोडिएका सेवा सुविधालाई प्राथमिकतामा राख्दै ती कार्य समयमै सम्पन्न गर्नसमेत मन्त्री यादवले सम्बन्धित निकायलाई निर्देशन दिए । 

    एक करोड ७२ लाखको लागत शिलान्यास गरिएको उक्त नाला तथा ढलान निर्माण वडानं १८ सुखचैना र वडा नं २१ परवानीपुरसम्म एक हजार २५६ मिटर लम्बाइ रहेको वडा नं २१ का वडाध्यक्ष राधेकृष्ण साह रौनियारले जानकारी दिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com