कजारियाको नयाँ सोरुम गैँडाकोट, नवलपुरमा, कार्यक्षमता र डिजाइन दुबैमा सुधार ल्याउने कम्पनीको प्रतिबद्धता

कजारियाको नयाँ सोरुम गैँडाकोट, नवलपुरमा, कार्यक्षमता र डिजाइन दुबैमा सुधार ल्याउने कम्पनीको प्रतिबद्धता

सोमवार, जेठ ५ २०८२
सोमवार, जेठ ५ २०८२
  • कजारियाको नयाँ सोरुम गैँडाकोट, नवलपुरमा, कार्यक्षमता र डिजाइन दुबैमा सुधार ल्याउने कम्पनीको प्रतिबद्धता
    images
    images

    गैँडाकोट / भारतको नम्बर १ टायल कम्पनी, कजारियाले नेपालमा आफ्नो उपस्थिति अझै मजबुत बनाउँदै गैँडाकोट, नवलपुरमा अत्याधुनिक सोरुम उद्घाटन गरेको छ । न्यू राजस्थानी मार्बल एण्ड टाइल्स सप्लायर्सद्वारा सञ्चालित यस सोरुमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ ।

    images
    images

    उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनको उपस्थिति रहेको थियो । 

    साथै, कजारिया रमेश टाइल्स लिमिटेडका क्षेत्रीय सेल्स प्रतिनिधि बिकाश गौतमको उपस्थितिले कार्यक्रमलाई थप गौरवमय बनायो । 
    उक्त अवसरलाई विशेष बनाउन, प्रमुख अतिथिले रिबन काटेर यस महत्वपूर्ण विस्तारको शुभारम्भ गरे । 

    समारोहलाई सम्बोधन गर्दै कजारिया रमेश टाइल्स लिमिटेडका राष्ट्रिय प्रबन्धक अभ्यास  भूषण तिवारीले नयाँ सोरुमको उद्घाटनले उत्साह थपेको बताए । 
    उनले भने, “हाम्रो उद्देश्य भनेको आर्किटेक्ट, निर्माण व्यवसायी र घरधनीहरूलाई टिकाउ र उच्च गुणस्तरका उत्पादनहरू दिनु हो, जसले कार्यक्षमता र डिजाइन दुबैमा सुधार ल्याउने छ ।”

    नवलपुर जिल्लाको महत्त्वपूर्ण क्षेत्र गैँडाकोटमा रहेको यो नयाँ सोरुमले प्रिमियम टायलहरूको विस्तृत सङ्ग्रह प्रदान गर्दछ, जसले ग्राहकहरूलाई सजिलो पहुँच र सुविधा सुनिश्चित गर्दछ । 

    यसको विस्तारसँगै, कजारिया उच्च गुणस्तर र डिजाइनका नयाँ मापदण्डहरू सेट गर्ने आफ्नो मिसनलाई निरन्तर अघि बढाउँदै नेपालका निर्माण सामग्रीको क्षेत्रमा आफ्नो नेतृत्वलाई बलियो बनाउँदै छ ।

    प्रिमियम टाइल्सलाई नेपालभर सहजै उपलब्ध गराउने आफ्नो लक्ष्यलाई निरन्तरता दिँदै यस शोरुमको शुभारम्भ कजारियाको लागि महत्त्वपूर्ण उपलब्धि हो ।

    News.JPG

    रमेश कर्प र भारतको अग्रणी टायल उत्पादक कजारिया सेरामिक्स लिमिटेडको संयुक्त उद्यम कजारिया रमेश टाइल्स लिमिटेडले नवलपरासीमा नेपालको सबैभन्दा ठूलो टायल उत्पादन प्लान्ट स्थापना गरेको छ । 

    नेपाललाई टाइल्समा आत्मनिर्भर बनाउने लक्ष्यका साथ आयोजनाले वार्षिक ५२ लाख वर्गमिटर टायल उत्पादन गर्नेछ । यो ४०० करोड नेपाली रुपैयाँ लगानीले अर्थतन्त्रलाई उकास्ने र सुलभ मूल्यमा विश्वस्तरीय कजारिया टाइल्स उपलब्ध गराउने लक्ष्य राखेको छ ।  
     
    यो प्लान्टले स्थानीय अर्थतन्त्रलाई उल्लेखनीय रूपमा बढावा दिनुका साथै हजारौँ रोजगारीका अवसरहरू प्रदान गर्नेछ, स्थानीय समुदायको जीवनलाई समृद्ध बनाउनेछ र वृद्धि र विकासलाई बढावा दिनेछ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com