३५१९ मिटर उचाईमा सार्वजनिक भयो ‘म्याक्सस इ-टेरोन ९’, केके छन् विशेषता ?

३५१९ मिटर उचाईमा सार्वजनिक भयो ‘म्याक्सस इ-टेरोन ९’, केके छन् विशेषता ?

सोमवार, जेठ ५ २०८२
सोमवार, जेठ ५ २०८२
  • ३५१९ मिटर उचाईमा सार्वजनिक भयो ‘म्याक्सस इ-टेरोन ९’, केके छन् विशेषता ?
    images
    images

    मनाङ । नेपालमै पहिलो पटक उच्च भू–भागमा लक्जरी इलेक्ट्रिक फोरह्विल ‘म्याक्सस इ-टेरोन ९ पिकअप’ सार्वजनिक भएको छ । पिकअप सार्वजनिकसँगै ‘एअर सस्पेन्सन’को सफल प्रदर्शन पनि गरिएको छ ।

    images
    images

    यसबाट नेपालको विद्युतीय सवारी साधन यात्रामा नविनतम आयाम थप भएको छ । नेपालको अटोमोबाइल बजारमा अग्रणी पहिचान बनाउन सफल हिमालय अर्गनाइजेसन अन्तर्गतको हिमालय मोट्रक्स प्रा.लि.ले नेपालमै पहिलो पटक हिमालको काखमा पिकअप सार्वजनिक गरेको छ ।

    ‘म्याक्सस इ-टेरोन ९ पिकअप’लाई काठमाडौंदेखि मनाङसम्मको यात्रासहित मनाङमा भव्य कार्यक्रमबीच सार्वजनिक गरिएको छ । ३,५१९ मिटर (११,५४५ फिट) उचाइमा अवस्थित मनाङ जिल्लामा आयोजित कार्यक्रमले नेपालको जस्तोसुकै विकट भौगोलिक संरचनामा पनि यो विद्युतीय सवारीसाधन उपयुक्त छ भन्ने कुरा प्रमाणित गरेको छ ।

    नेपालको इतिहास मै पहिलो पटक यस्तो उचाइमा लक्जरी इलेक्ट्रिक पिकअपको आधिकारिक रुपमा सार्वजनिक भएको हो । एग्रेसिभ लुक भएको यो पिकअप नेपालमा आयात हुने कुनै पनि अन्य पिकअप भन्दा हरेक कुरामा अब्बल रहेको छ भनेर कम्पनीको दाबी छ।

    किन मनाङमा गरियो सार्वजनिक ?

    हिमालय मोट्रक्सले म्याक्सस इ-टेरोन ९ को लन्चिङका लागि मनाङ छानेको हो । मनाङमा म्याक्सस पिकअप सार्वजनिक गर्ने निर्णय केवल एक स्थल चयन मात्र नभई विद्युतीय सवारीका क्षेत्रमा भएको नविनतम आयामको प्रदर्शनका लागि यो एक सन्देश पनि हो ।

    कठोर हिमाली भूभाग, चट्टानी बाटो र उच्च उचाइका कारण मनाङ नेपालकै चुनौतीपूर्ण अफरोड क्षेत्रमध्ये एक हो । यस्तो स्थानमा सफल परीक्षण र प्रदर्शन गरेर, कम्पनीले यो विद्युतीय पिकअपको डुअल मोटर फोरह्विल प्रणाली, एडप्टिभ एअर सस्पेन्सन र सम्पूर्ण भू–भागमा सहज संचालन क्षमताको प्रमाण प्रस्तुत गरेको छ ।

    म्याक्सस इ-टेरोन ९,नवप्रवर्तन र शक्तिसँगको समायोजन

    शहरी सडकदेखि हिमाली बाटासम्म सहजै संचालन गर्न डिजाइन गरिएको म्याक्सस इ-टेरोन ९, नेपालकै पहिलो लक्जरी इलेक्ट्रिक पिकअप हो । जसमा एडजस्टेबल एअर सस्पेन्सन समावेश छ । चाहे शहर होस् वा हिमाल, यसले शक्ति, दायरा र आरामको नयाँ परिभाषा दिएको छ ।

    शक्ति र प्रदर्शन

    – डुअल मोटर 4WD (अगाडिः १२५ kW । पछाडिः २०० kW)

    – ७०० Nm टर्क

    – ०–१०० km/h केवल ५.८ सेकेन्डमा

    – उच्चतम गतिः १९० km/h

    ब्याट्री र रेन्ज

    – १०२.२ kWh LFP ब्याट्री

    – अधिकतम दायराः ५६० किमी (NEDC)

    – फास्ट चार्जिङः २०–८०% केवल ४२ मिनेटमा

    -  ८ बर्ष वा २ लाख किमि वारेन्टी

    अफरोड क्षमता

    – २६० mm ग्राउन्ड क्लियरेन्स (इलेक्ट्रोनिक एअर सस्पेन्सन सहित)

    – सबै भू–भागका लागि ड्राइभ मोडहरू

    इन्टेरियर र लक्जरी

    – हिटेड, भेन्टिलेटेड, म्यासेज फिचर सहितको टू–टोन लेदर सिट (मेमोरी सहित)

    – डुअल १२.३” डिजिटल क्लस्टर र इन्फोटेन्मेन्ट डिस्प्ले

    – वायरलेस चार्जिङसहितको फ्लोटिङ सेन्टर कन्सोल

    – प्यानोरामिक सनरुफ, रियर ए/सी भेन्ट, एम्बिएन्ट लाइटिङ

    सुरक्षालाई प्राथमिकता

    – यूरो NCAP ५–स्टार रेटिङ

    – २०+ आधुनिक सुरक्षा फिचरहरु

    – ९ एयरब्याग

    – ३६० डिग्रि सराउन्डिङ क्यामेरा

    – अडाप्टिभ क्रुज कन्ट्रोल

    – लेन कीप असिस्ट

    – AEB, BSM, RCTA, TPMS, अटो होल्ड आदि

    -  मूल्य(प्रथम चरणमा बुकिङ गर्नेहरुको लागि मात्र): रु. ९९,९९,०००/-

    हिमालय मट्रक्स प्रा.लि.

    हिमालय मोट्रक्स प्रा.लि., हिमालय अर्गनाइजेसन अन्तर्गतको संस्था हो । जसले SAIC मोटर कर्पोरेशन अन्तर्गतको प्रतिष्ठित इलेक्ट्रिक ब्रान्ड Maxus का सवारीहरू नेपालमा आयात तथा वितरण गर्छ । विश्वका ७० भन्दा बढी मुलुकहरूमा सञ्चालन हुने Maxus ले उन्नत प्रविधि, भरपर्दो इन्जिनियरिङ र लक्जरी इलेक्ट्रिक सवारी विकासमा विशिष्टता बनाएको छ ।

    हिमालय अर्गनाइजेसन

    हिमालय अर्गनाइजेसन नेपालकै अग्रणी व्यावसायिक समूह हो । सन् १९९१ मा स्थापित यो समूहले सम्मानित र बहु–आयामिक व्यावसायिक पहिचान बनाएको छ । २०० भन्दा बढी कर्मचारी र २२+ शाखा/डिलर नेटवर्कसहित यो समूहले अटोमोबाइल्स, हस्पिटालिटी, रियल स्टेट तथा हाउजिङ, बैंक तथा वित्तीय सेवा, कृषि लगायत क्षेत्रमा लगानी विस्तार गरेको छ ।

    Force Motors India को नेपालका लागि आधिकारिक वितरक हिमालय अर्गनाइजेसनले नेपालभर बलियो व्यावसायिक सवारी साधन उपलब्ध गराउँदै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com