एभरेष्ट इन्जिनियरिङ कलेजमा नेतृत्व परिवर्तन

एभरेष्ट इन्जिनियरिङ कलेजमा नेतृत्व परिवर्तन

सोमवार, जेठ ५ २०८२
सोमवार, जेठ ५ २०८२
  • एभरेष्ट इन्जिनियरिङ कलेजमा नेतृत्व परिवर्तन
    images
    images
    पोखरा विश्वविद्यालयअन्तर्गत ललितपुरको सानेपामा सञ्चालनमा रहेको एभरेष्ट इन्जिनियरिङ कलेजमा नेतृत्व परिवर्तन भएको छ। झण्डै चार वर्ष प्राचार्य रहेका इन्जिनियर विरोध रिजालको कार्यकाल सकिएसँगै कलेजको अनुसन्धान समितिका अध्यक्ष प्रा.डा. हरिकृष्ण श्रेष्ठ नयाँ प्राचार्यमा नियुक्त भएका छन्।
     
    प्रा.डा. श्रेष्ठले विगत आठ महिनादेखि कलेजमा अनुसन्धान प्रवर्द्धनमा योगदान दिँदै आएका छन्। अमेरिकाबाट अध्ययन सकेर १९९४ मा नेपाल फर्किएका श्रेष्ठले भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजमा २९ वर्ष काम गर्दै दुईपटक प्राचार्यको जिम्मेवारी सम्हालेका थिए। कलेज बन्द हुने अवस्थामा उनले २०७५ सालमा नेतृत्व लिई कलेज जोगाएका थिए।
     
    अमेरिकाबाट स्नातक र स्नातकोत्तर तथा जापानबाट विद्यावारिधी गरेका श्रेष्ठलाई नेपाल इन्जिनियरिङ परिषद्ले प्रोफेसनल इन्जिनियर र भारतको आइओईले चार्टर्ड इन्जिनियरको उपाधि प्रदान गरेको छ। हाल जल तथा मौसमविद् समाज नेपालका अध्यक्ष रहेका श्रेष्ठले जलश्रोतसम्बन्धी परियोजनाहरूमा समेत प्रविधिक सेवा दिँदै आएका छन्।
     
    कलेजका प्रमुख कार्यकारी अधिकारी अरुणकुमार भण्डारीका अनुसार श्रेष्ठको नेतृत्वमा एभरेष्ट कलेजले शैक्षिक तथा अनुसन्धान क्षेत्रमा नयाँ उचाइ हासिल गर्ने विश्वास लिएको छ

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com