यात्रा बिमा (ट्राभल इन्स्योरेन्स) एक प्रकारको सम्झौता हो । जसले यात्राको क्रममा हुन सक्ने अप्रत्याशित घटनाहरू वा क्षतिहरूका लागि वित्तीय सुरक्षा र सहयोग प्रदान गर्दछ । यसले नीति (पोलिसी) मा निर्भर रहेर विस्तृत दायराका मुद्दाहरूलाई समेटेको हुन्छ । नीति (पोलिसी) मा धेरै कुराहरू समावेश गरिएका हुन्छन् ।
यात्रा रद्द गर्नु पर्दाको अवस्था– यात्राका क्रममा कभर गरिएका कारणहरूले गर्दा (जस्तै, बिरामी, चोटपटक, परिवारमा मृत्यु) रद्द गर्न पाइन्छ ।
आपतकालीन चिकित्सा – विशेष गरी अन्तर्राष्ट्रिय यात्रा गर्दा महत्वपूर्ण आपतकालीन चिकित्सा आवश्यक पर्न सक्छ यस्तो अवस्थामा उपचारका लागि यात्रा बिमा अति महत्वपूर्ण हुन्छ ।
आपतकालीन निकासी – गम्भीर बिरामी वा चोटपटकको अवस्थामा नजिकको अस्पताल वा घर फिर्ता आपतकालीन यातायातसँग सम्बन्धित लागत ।
हराएको वा ढिलाइ भएको सामान – एयरलाइनद्वारा हराएको, वा ढिलाइ भएको सामानको लागि क्षतिपूर्ति ।
यात्रा ढिलाइ – मौसम, मेकानिकल समस्याहरू, वा अन्य कभर गरिएका कारणहरूले गर्दा ढिलाइको कारणले हुने खर्चको लागि प्रतिपूर्ति ।
दुर्घटना, मृत्यु वा विच्छेदन – यात्रा गर्दा मृत्यु वा गम्भीर चोटपटकको घटनामा भुक्तानी गर्नु पर्ने अवस्था आएमा यात्रा बिमाले सहजता प्रदान गर्छ । यो प्रायः अन्तर्राष्ट्रिय यात्रामा सिफारिस गरिन्छ, विशेष गरी फिर्ता नहुने खर्चहरू समावेश गरिएका अवस्थाहरूमा यसको महत्व बढी हुन्छ ।
यहाँ केही प्रत्यक्ष घटनालाई समावेश गर्नु सान्दर्भिक हुन्छ । केही महिना अघि कलाकार नितेश जंग कुँवर आफ्नो सांगितिक कार्यक्रमका लागि अष्ट्रेलिया जाँदै थिए । ट्रान्जिटमा उनको पासपोर्ट हरायो । नेपाल फर्केर नयाँ पासपोर्ट लिनुको विकल्प थिएन । उनी नेपाल फर्किए र नयाँ पासपोर्ट लिए । तर यो बीचमा उनले पाएको दुःख कल्पना पनि गर्न सकिन्न होला । यस्तै आपत् तपाईहरूलाई पनि पर्न सक्छ । सोच्नुहोस् त पासपोर्ट, लगेज हरायो वा यात्रा गर्दा स्वास्थ्यमा केही समस्या आए के गर्ने ? बिमा कम्पनीले तपाईहरूको पासपोर्ट खोजिदिने काम गर्दैन र बिरामी परि हाले उसले डाक्टर पठाउँदैन । तर यस्ता घटना भइहाले बिमा कम्पनीले व्यक्तिगत सुरक्षा र आर्थिक सहयोग भने अवश्य गर्छ ।
अहिले, विदेश भ्रमणमा जाने नेपालीहरू व्यापारी, खेलाडी तथा अन्य यात्रीमाझ ट्राभल इन्स्योरेन्स लोकप्रिय हुँदै गइरहेको छ । युरोप जानेहरूका लागि त ट्राभल इन्स्योरेन्स अनिवार्य छ । तर अझै पनि धेरै मानिसहरूलाई ट्राभल इन्स्योरेन्स बारे थाहा छैन । तपाई छोटो समयको लागि यात्रा गर्दै हुनुन्छ भने पनि यात्राको अवधिभर ट्राभल इन्स्योरेन्स गर्न सक्नुहुन्छ ।
अब तपाईंको मनमा उठ्न सक्छ कुन बिमा कम्पनीमा बिमा गर्ने, नेपालमा कुन कुन कम्पनीहरूले यस्तो बिमा गछर्न । नेपालको सबैभन्दा पुरानो निर्जीवन बिमा कम्पनी कुन हो ? लगायतका यावत प्रश्नहरू अगाडि आउन सक्छन् ।
नेपालमा अहिले १४ निर्जीवन बिमा कम्पनीहरूले यात्रा बिमाको काम गरिरहेका छन् । ती मध्ये हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड देशमा सञ्चालित १४ निर्जीवन बिमा कम्पनीहरूमध्ये एक प्रख्यात कम्पनी हो भन्दा सायदै अत्युत्ति हुन्छ । यस कम्पनीले लामो समयदेखि आफ्ना प्रतिबद्धतामार्फत ग्राहकहरूलाई भरपर्दो सेवा प्रदान गरी नेपालको निर्जीवन बिमा क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको कम्पनीको दावी छ ।
हामीले आफ्नो यात्राको क्रममा जतिसुकै सावधानी अपनाए पनि दुर्घटना र आपतकालीन अवस्थाहरू आउन सक्छन् । त्यसैले कुनै पनि यात्राको लागि ट्राभल इन्स्योरेन्स एक महत्वपूर्ण हिस्सा बन्न आउँछ ।