आज वि.सं. २०८२ साल ज्येष्ठ ६ गते, मङ्गलबार, ईश्वी सन् २०२५ मे २० तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायणं, ग्रिस्म ऋतु, श्रीशाके १९४७, ज्येष्ठ कृष्णपक्ष, अष्टमी तिथी, धनिष्ठा नक्षत्र, चन्द्रराशि–कुम्भ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आर्थिक दृष्टिले आजको दिन लाभदायक रहनेछ। नयाँ निर्णयले लाभ दिलाउनेछ भने जग्गा जमिनको कारोबारबाट विशेष फाइदा मिल्नेछ। आम्दानी बढ्नेछ, आवश्यक साधन जुट्नेछन्। व्यापारमा प्रगति हुनेछ, साझेदारी लाभदायक बन्नेछ। रोकिएको काम बन्ने संकेत छन्। छोटो समयमा राम्रो उपलब्धि मिल्ने सम्भावना छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यापारिक यात्राबाट लाभ मिल्नेछ र नयाँ आयस्रोत फेला पर्नेछन्। व्यापार विस्तारका योजना बन्ने छन्। सहयोगीहरूको साथले काममा गति आउनेछ। मिहिनेतले जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउनेछ। प्रतिष्ठित अवसर मिल्नेछ भने सामाजिक प्रतिष्ठा बढ्नेछ। विशिष्ट व्यक्तिको सहयोगले लक्ष्य प्राप्तिमा टेवा पुग्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
विद्यार्थीहरूका लागि उच्च शिक्षाका बाधा हट्ने संकेत छन्। नयाँ रोजगार अवसरहरू मिल्ने सम्भावना छ। तर, काममा पुराना कमजोरीले असर गर्न सक्छ। गोपनीयता र बोलीमा ध्यान दिनुहोस्। सामाजिक जिम्मेवारी बढ्नेछ, तर उपलब्धि ढिला हुन सक्छ। आफ्नो कमजोरीबाट अरूले फाइदा उठाउन सक्ने समय भएकाले सजग रहनु उपयुक्त हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यापारमा नयाँ योजना सफल हुने सम्भावना छ। चुनौतीका बीच अवसर देखिनेछ। मिहिनेतले अप्रत्याशित धन लाभ दिलाउने संकेत छ। अप्ठ्यारा परिस्थितिमा पनि काम बन्नेछन्। गोपनीयता जोगाउन ध्यान दिनुहोस्, नत्र समस्या हुन सक्छ। स्वास्थ्यमा सतर्कता अपनाउनुहोस्। विद्युतीय उपकरण प्रयोग गर्दा सावधानी आवश्यक छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यापार व्यवसायमा लाभ मिल्नेछ र आम्दानी राम्रो हुनेछ। सहयोगी व्यवहारले कार्यक्षेत्रमा सफलता दिलाउनेछ। विद्यार्थीलाई नयाँ सिकाइको अवसर मिल्नेछ। कामको चाप घटेर फुर्सद पाइनेछ। उपहार र सम्मान प्राप्त हुने योग छ। परिवार र साथीभाइको साथले मन प्रसन्न रहनेछ। रमाइलो यात्रा सम्भावित छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सकारात्मक सोचले सफलता दिलाउनेछ। विश्वासपात्र व्यक्तिबाट सहयोग मिल्नेछ। रोकिएको प्रशासनिक काम अघि बढ्नेछ। नयाँ योजना प्रारम्भ भई दिगो फाइदा हुनेछ। शत्रुहरू कमजोर हुनेछन्, प्रतिस्पर्धामा जित मिल्नेछ। मेहनतले प्रशस्त लाभ दिलाउने संकेत छ। स्वास्थ्यमा सावधानी अपनाउनुहोस्। अरूको विश्वास जितेर अवसर प्राप्त हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रभावशाली व्यक्तिसँग सम्बन्ध विस्तार हुने समय हो। युवाहरूका लागि करियरमा अवसर मिल्नेछ। वित्तीय संस्थाबाट लाभ उठाउन सकिनेछ। तर, कामको समायोजन कठिन हुन सक्छ। स्वास्थ्यले अध्ययनमा असर पुर्याउन सक्छ। सहयोगीहरू पछि हट्न सक्छन्। धैर्य र लगनशीलताले मात्र सफलता सम्भव हुनेछ। अवसर र चुनौती सँगसँगै रहने संकेत छन्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आजको दिन आर्थिक रूपमा लाभदायी रहनेछ। कृषि, पशुपालन वा घरेलु कामबाट आम्दानी बढ्ने संकेत छ। कार्यक्षेत्रमा दौडधुप भए पनि सफल परिणाम मिल्नेछ। तर साझेदारसँग असमझदारी र आफन्तसँग टाढिने सम्भावना रहेकोले सजग रहनुहोस्। हल्लाको भरमा निर्णय नगर्नुहोस्, हडबडीले समस्या ल्याउन सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आजको दिन आर्थिक रूपमा फलदायी रहनेछ। थोरै लगानीबाट पनि राम्रो नाफा कमाउन सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा मिल्नेछ। परिवारको सहयोगले रोकिएको काम अघि बढ्नेछ। मिहिनेतले धन र प्रतिष्ठा दुबै दिलाउनेछ। प्रतिस्पर्धीहरू पछि पर्नेछन् भने प्रतीक्षित नतिजाले उत्साह बढाउनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
धैर्य र पराक्रमले नयाँ कार्यप्रति उत्साह जगाउनेछ। अधिकारीबाट प्रशंसा मिल्नेछ। रोकिएका कामलाई प्राथमिकता दिनु लाभदायक हुनेछ। कम बोल्नु र बुद्धिको उपयोगले सफलता दिलाउनेछ। तर वचन नपुर्याउने र अरूको मुख ताक्ने बानीले योजना अधुरो हुन सक्छ। आर्थिक खर्च बढी हुनेछ, गोपनीयतामा सावधानी अपनाउनुहोस्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यापार व्यवसायमा सन्तानबाट सहयोग मिल्नेछ र समाजमा मानसम्मान बढ्नेछ। अनुभवको फाइदा उठाएर महत्वकांक्षी योजना पूरा हुनेछन्। हडबडी र खानपानमा ध्यान नदिँदा काममा बाधा आउन सक्छ। तर मिहिनेतले दिगो सफलता र प्रतिष्ठा दिलाउनेछ। नयाँ कामको प्रस्ताव आउने र साथ दिनेहरू बढ्नेछन्।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वैदेशिक रोजगारमा सफलता मिल्नेछ तर संघर्ष गर्नुपर्ला। बोलि र व्यवहारमा नियन्त्रण राख्नुपर्छ। खर्च र अर्थअभावले सताउन सक्छ। अवसर खोज्न दौडधुप हुनेछ, तर अपरिचित व्यक्तिमा विश्वास गर्दा धोका हुन सक्छ। असमझदारी बढ्ने हुँदा सावधानी अपनाउनुपर्छ। यात्रा कठिन हुनेछ र समयमै होस नपुग्दा पछि परिएला।