फोटो नेपालमा 'कुन्डलिनी चित्रकला' प्रदर्शनी, मासिक फोटो प्रतियोगितामा ३ उत्कृष्टले जनही २५ हजार पाउने

फोटो नेपालमा 'कुन्डलिनी चित्रकला' प्रदर्शनी, मासिक फोटो प्रतियोगितामा ३ उत्कृष्टले जनही २५ हजार पाउने

मंगलवार, जेठ ६ २०८२
मंगलवार, जेठ ६ २०८२
  • फोटो नेपालमा 'कुन्डलिनी चित्रकला' प्रदर्शनी, मासिक फोटो प्रतियोगितामा ३ उत्कृष्टले जनही २५ हजार पाउने
    images
    images

    काठमाडौँ / नेपाल पर्यटन बोर्डको नियमित फोटो नेपाल प्रदर्शनी अन्तरगत ‘कुन्डलिनी–२’ नामक एकल चित्रकला प्रदर्शनी तथा ‘कुन्डलिनी योग’ पुस्तकको लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । 

    images
    images

    आइतबार नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप, काठमाडौँमा, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो । 

    चित्रकार भीमप्रसाद शर्माको १३ औँ एकल प्रदर्शनीका रूपमा आयोजित यस कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले गरेका थिए । 

    सो अवसरमा मन्त्री पाण्डेले नेपालको कला, संस्कृति र पर्यटन प्रवर्द्धनमा यस्ता सिर्जनात्मक प्रदर्शनीहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै नेपाल पर्यटन बोर्डको यस प्रकारको पहलको प्रशंसा गरे । 

    कार्यकारी प्रमुख दीपकराज जोशीले बोर्डले आगामी दिनमा कलाकार र फोटोग्राफरहरूसँग सहकार्य गर्दै पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने प्रतिवद्धता व्यक्त गरे । प्रदर्शनी जेठ १० सम्म निशुल्क अवलोकन गर्न सकिनेछ। 

    नेपाल पर्यटन बोर्डले फोटो नेपालको पोर्टलमा फोटो प्रतियोगिता पनि सञ्चालन गर्दै आएको छ, जसमा प्रत्येक महिनाका उत्कृष्ट ३ तस्वीरहरू प्रत्येकलाई २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिन्छ। 

    नेपालको हिमाल, सम्पदा वा लुकेका सौन्दर्य स्थलहरूलाई झल्काउने कुनै पनि दृश्यलाई पठाउन बोर्डले आग्रह गरेको छ । 

    नेपाल पर्यटन बोर्डद्वारा सन् २०१६ फेब्रुअरीदेखि सुरु गरिएको ३उजयतयल्भउब िअभियानअन्तर्गत हालसम्म देश तथा विदेशमा १०० भन्दा बढी कला तथा फोटो प्रदर्शनीहरू सम्पन्न भइसकेका छन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com