काठमाडौँ / प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (PMAMP) को निर्देशकमा सहसचिव हिक्मत कुमार श्रेष्ठ नियुक्त भएका छन्।यससँगै अब नेपालको कृषि क्षेत्रको समग्र रूपान्तरणको लागि राष्ट्रियस्तरमा सञ्चालित कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको उक्त परियोजनामाको नेतृत्व श्रेष्ठले गर्ने भएका हुन् ।
निर्देशक श्रेष्ठसँग कृषि क्षेत्रमा तीन दशकभन्दा बढीको अनुभव रहेको छ ।
सहसचिव श्रेष्ठको लामो प्रशासनिक तथा नीतिगत अनुभवको आधारमा परियोजनाले नीतिगत स्पष्टता, पारदर्शिता, कार्यान्वयनको गति र स्थानीय तहसँगको सहकार्यमा मजबुती आउने अपेक्षा गरिएको छ।
राष्ट्रिय योजना आयोगले ‘रुपान्तरणकारी आयोजना’को रूपमा प्राथमिकता दिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सन् २०१६ (विक्रम संवत् २०७३) देखि सञ्चालनमा छ ।
पहिलो चरण सन् २०२५ (वि.सं. २०८२)मा समाप्त हुँदैछ भने दोस्रो चरणको तयारी तीव्र गतिमा भइरहेको छ।
दोस्रो चरणको कार्यक्रमलाई समावेशी, दिगो र वातावरणमैत्री बनाउँदै लघु किसान, महिला र युवा लक्षित योजनाहरू थप सशक्त पारिने विश्वास गरिएको छ।
नेपालको कृषि प्रणालीलाई परम्परागत तरीकाबाट आधुनिक, यान्त्रिक, वैज्ञानिक र व्यवसायिक प्रणालीमा रूपान्तरण गर्ने परियोजनाको उद्देश्य रहेको छ ।
त्यस्तै, मुलुकलाई खाद्यमा आत्मनिर्भर बनाउने, आयात प्रतिस्थापन गर्ने, कृषिमा रोजगारी र उत्पादन वृद्धि गर्ने, तथा युवाहरूलाई कृषितर्फ आकर्षित गर्ने परियोजनाको लक्ष्य छ ।
परियोजनाको संरचना र कार्यक्रमहरू
क्षेत्र विकास कार्यक्रम (Zone Program) – मुलुकभर १० प्रकारका कृषि वस्तु (धान, मकै, तरकारी, फलफूल, माछा, मासु आदि)को उत्पादनलाई लक्षित गर्दै विशेष क्षेत्रहरू तोकिएको छ।
सुपरजोन कार्यक्रम
विशेष परियोजना कार्यक्रम
वर्गीकृत वस्तुरउत्पादन क्षेत्र
उक्त परियोजनाले देशभर ७७ वटै जिल्लामा कृषि पूर्वाधार विकास, सिँचाइ सुविधा विस्तार, यान्त्रिकीकरण, बिउ तथा मल वितरण, तालिम, बजार पहुँच, भण्डारण र मूल्य श्रृङ्खला विकासजस्ता कामलाई प्राथमिकता दिएको छ।