विद्योदय आवि वाखेतमा जुनियर रेडक्रस सर्कल गठन, अध्यक्षमा अनुप रोका चयन

विद्योदय आवि वाखेतमा जुनियर रेडक्रस सर्कल गठन, अध्यक्षमा अनुप रोका चयन

मंगलवार, जेठ ६ २०८२
मंगलवार, जेठ ६ २०८२
  • विद्योदय आवि वाखेतमा जुनियर रेडक्रस सर्कल गठन, अध्यक्षमा अनुप रोका चयन
    images
    images

    म्याग्दी/ बेनी नगरपालिका–१० स्थित श्री विद्योदय आधारभूत विद्यालय, वाखेतमा पहिलोपटक जुनियर रेडक्रस सर्कल गठन गरिएको छ। विद्यालयका प्रधानाध्यापक प्रकाश अधिकारीको अध्यक्षतामा बसेको बैठकले १७ सदस्यीय समिति गठन गरेको हो।

    images
    images

    नवगठित समितिको अध्यक्षमा अनुप रोका सर्वसम्मत चयन भएका छन्। समितिको सहसंयोजकमा रेविका रोका चयन भएकी छन्। सदस्यहरूमा अङ्कित पुन, प्रिया पाइजा, विपिना पुन, आस्मान पाइजा, निम्रन रामजाली, लव बहादुर पाइजा, राधिका पुन, अप्सन किसान, नयन पाइजा, सोफिया पुन, धनकुमारी विक, आर्तिप्स पुर्जा र आयुस किसान रहेका छन्।

    school - student - mygdi.jpg

    विद्यालयका सूचना अधिकारी अमृता जिसी रोकाका अनुसार सर्कल गठनले विद्यार्थीमा सहयोग भावना र मानवीय सेवाप्रति समर्पण बढाउने उद्देश्य राखिएको छ। “विद्यालय तहदेखि नै वालबालिकालाई मानवीय सेवामा सक्रिय गराउन सकेमा भविष्यमा उत्कृष्ट नागरिक तयार हुन्छन्,” उनले भनिन्।

    साथै, बैठकले रेडक्रस सर्कललाई जिल्ला रेडक्रसमा दर्ता गर्ने, विधान बनाउने र आवश्यक समन्वयका लागि शिक्षक नायकमा थकदेवी जुग्जाली तथा सहनायकमा कमला पौडेल रेग्मीलाई चयन गरेको छ।

    विश्व रेडक्रस दिवसको अवसरमा गरिएको यो गठनले रेडक्रस अभियानको सन्देश विद्यालय तहसम्म फैलाउने विश्वास लिइएको छ। सन् १८६३ मा रेडक्रसको स्थापना भएको स्मरणमा हरेक वर्ष मे ८ मा विश्व रेडक्रस दिवस मनाइन्छ। यस वर्ष "मानवतालाई जीवित राखौँ" भन्ने नाराका साथ दिवस मनाइएको थियो।

    नेपालमा वि.सं. २०२० मा स्थापना भएको रेडक्रसले हाल सातै प्रदेशमा कार्यालय, ७७ वटै जिल्लामा शाखा, एक हजार छ सय १५ उपशाखा तथा झन्डै सात हजार जुनियर तथा युवा सर्कलहरू मार्फत सेवामूलक कार्य गर्दै आइरहेको छ। रेडक्रससँग हाल ९ लाख ३० हजारभन्दा बढी सदस्य तथा स्वयंसेवक आबद्ध छन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com