शेखर कोइरालाले भने – खाडीका नेपालीले रेमिट्यान्स पठाएर हामीलाई बचाएका छन्

शेखर कोइरालाले भने – खाडीका नेपालीले रेमिट्यान्स पठाएर हामीलाई बचाएका छन्

मंगलवार, जेठ ६ २०८२
मंगलवार, जेठ ६ २०८२
  • शेखर कोइरालाले भने – खाडीका नेपालीले रेमिट्यान्स पठाएर हामीलाई बचाएका छन्
    images
    images

    काठमाडौँ / नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले भ्रष्टाचारलाई शून्यमा झार्ने र दण्डहीनतालाई अन्त्य गर्न सके मात्र देशमा सुशासन दिन सकिने बताएका छन् । 

    images
    images

    मंगलबार काठमाडौंमा आयोजित ‘बद्लिदो विश्व परिवेशमा नेपालले अङगाल्नुपर्ने आर्थिक नीति’ विषयक संवाद गोष्ठीमा बोल्दै उनले अहिले जे जति आर्थिक चहलपहल देखिरहेको छ त्यो सबै रेमिट्यान्सबाट मात्रै भएको र त्यसका लागि खाडीमा गएका नेपालीहरुले बचाइराखेको धारणा राखे । 

    उनले भने,‘अरु केही होइन् सुशासन दिन सक्यौं भने, भ्रष्टाचारलाई शून्यमा झारौँ र दण्डहीनतालाई अन्त्य गरौं भने हामी धेरै माथि पुग्छौँ । अहिले जे जति चहलपहल देखिरहेको छौँ त्यो सबै रेमिट्यान्सबाट मात्रै हो । हामीलाई खाडीमा रहेका नेपालीहरुले बचाइरहेका छन् ।’

    त्यस्तै, उनले पहिला–पहिलो डिजिटलाइजेसन भनेको पढेलेखेकाको लागि मात्र चाहिन्छ भन्ने मानसिकतामा रहेको भन्दै गाउँको किसानलाई कसरी डिजिटलाइजेसन गर्ने भन्ने विषय महत्वपूर्ण रहेको औंल्याए । 

    उनले भने,‘पहिला–पहिला मेरो मानसिकता यो डिजिटलाइजेसन भनेको पढेलेखेकाको लागि मात्र हो भन्ने थियो । तर गाउँका किसानलाई कसरी डिजिटलाइजेसन गर्ने भन्ने विषय महत्त्वपूर्ण रहेछ । त्यहाँबाट उनीहरूले उत्पादन बढाउन सक्छन् । मार्केटमा त्यहाँबाट आफ्नो प्रोडक्ट पुर्याउन सक्छन् ।’ त्यस्तै, उनले भ्रष्टाचारमा लिप्त हुने प्रवृत्तिको अन्त्य हुनुपर्ने धारणा राखे । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com