अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि बिग्रँदै गएकोप्रति डा. महेशमान श्रेष्ठको चिन्ता

अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि बिग्रँदै गएकोप्रति डा. महेशमान श्रेष्ठको चिन्ता

मंगलवार, जेठ ६ २०८२
मंगलवार, जेठ ६ २०८२
  • अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि बिग्रँदै गएकोप्रति डा. महेशमान श्रेष्ठको चिन्ता
    images
    images

    नागरिक अगुवा डा. महेशमान श्रेष्ठले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा नेपालसम्बन्धी नकारात्मक समाचारहरू प्रशारण भइरहेकाले देशको छवि गम्भीर रूपमा बिग्रँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ।

    images
    images

    काठमाडौं महानगरपालिका–२६ का नेवाः मिसा ग्वहालि पुचः र नेवाः ग्वहालि पुचःद्वारा आयोजित क्षमता विकास तालिम कार्यक्रममा बोल्दै उहाँले राजनीतिक दलभित्र व्याप्त विकृति र कर्मचारीतन्त्रको भ्रष्टाचारकै कारण देशको अन्तर्राष्ट्रिय प्रतिष्ठामा गिरावट आएको बताउनुभयो।

    "नेपाली कांग्रेस, नेकपा एमाले, माओवादीलगायतका दलहरूले गलत प्रवृत्तिका नेता र कार्यकर्तालाई संरक्षण दिँदै आएका छन्," भन्दै उहाँले वर्तमान अवस्था प्रति आक्रोश प्रकट गर्नुभयो। देशलाई सुधार गर्न अब देशभक्तहरूको साझा मोर्चा बनाएर सही शासन प्रणाली लागू गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। “भाषण कला र अन्य विविध विषयमा तालिम दिएर मोर्चालाई सक्षम बनाउन आवश्यक छ,” उहाँले थप्नुभयो।

    डा. श्रेष्ठले बिबिसी, सीएनएन, अलजजिरा, फक्स न्यूजजस्ता अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले नेपालमा व्याप्त भ्रष्टाचारबारे समाचार प्रशारण गरिरहेको जनाउँदै, यसले नेपालको छविमा नकारात्मक असर पारेको उल्लेख गर्नुभयो। उहाँले भ्रष्ट नेताहरूको स्थानमा इमानदार, सक्षम र राष्ट्रप्रेमी नेतृत्वको आवश्यकता रहेको धारणा राख्नुभयो।

    कार्यक्रममा उहाँले नयाँ पुस्ताले मातृभाषाप्रति चासो नदेखाएकोप्रति समेत चिन्ता व्यक्त गर्नुभयो। नेपालभाषा क्लब, आदिवासी नेवाः राजनीतिक अभियान, नेवाः ग्वहालि पुचः र नेवाः मिसा ग्वहालि पुचःले भाषा संरक्षणका लागि पुर्याउँदै आएको योगदानको प्रशंसा गर्नुभयो।

    सामाखुसीस्थित प्रज्ञा स्कूलको हलमा सुरु भएको तालिममा उद्घोषण शैली, औपचारिक कार्यक्रममा शिष्ट प्रस्तुति, र संस्थागत सञ्चालन सम्बन्धी प्रशिक्षण प्रदान गरिने आयोजक संस्थाले जनाएको छ। यसअघि ग्वहालि पुचःले कीर्तिपुर, मनमैजु, फुटुङ, धर्मस्थली, थिमी, टोखा लगायत स्थानहरूमा यस्तै तालिम कार्यक्रमहरू सम्पन्न गरिसकेको जनाएको छ।

    कार्यक्रममा महानगरका विभिन्न वडाका जनप्रतिनिधि, समाजसेवी, शिक्षासेवी, गृहिणीहरू लगायतको सहभागिता रहेको थियो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com