पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–२ भगुवा सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले ८१ हजार ४ सय ९० थान ट्रामाडोल हाईड्रोक्लोराइड नामक लागूऔषध बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण, पर्साबाट सशस्त्र प्रहरी नायव उपरीक्षक देवेन्द्र बहादुर सिंहको कमाण्डमा खटिएको टोलीले भारतबाट नेपाल ल्याउँदै गरेको अवस्थामा उक्त लागूऔषध फेला पारेको हो।
भारततर्फबाट सिर्सिया नदीको बाटो हुँदै कार्टुनमा राखेर लागूऔषध ल्याउँदै गरेका दुई व्यक्ति गस्तीमा रहेको सुरक्षाफौजलाई देखेपछि लागूऔषध छाडेर फरार भएका थिए।
बरामद लागूऔषध आवश्यक कानुनी कारवाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।