काठमाडौँ / सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो सेवालाई अझैँ बढी सशक्त बनाउने उद्देश्यले देशभरिका विभिन्न शाखा तथा उपशाखा कार्यालयहरूमा कर्मचारीको आवश्यकता सहित दरखास्त आह्वान गरेको छ ।
कम्पनीले शाखा प्रमुख र बजार अधिकृत पदमा कर्मचारी माग गरेको छ ।
कम्पनीले कोशी प्रदेशअन्तर्गत खाँदबारी, ओखलढुङ्गा र दिक्तेल शाखा, मधेश प्रदेशअन्तर्गत बर्दिबास, निजगढ र सिमरा शाखा, बागमती प्रदेश अन्तर्गत पनौती, कमल विनायक, पुतली सडक, चापागाउँ, एकान्तकुना, भैँसेपाटि, कालिमाटी, सुन्धारा र थनकोट शाखा, लुम्बिनी प्रदेशअन्तर्गत लमही र रामपुर (पाल्पा) शाखा र गण्डकी प्रदेशअन्तर्गत कुश्मा शाखा कार्यालयका लागि शाखा प्रमुख पदमा तथा काठमाडौँ उपत्यकासहित अन्य शाखाहरूका लागि बजार अधिकृत पदमा केही सङ्ख्यामा कर्मचारी माग गरेको छ ।
उक्त पदहरूका लागि जीवन बिमा, बैंक तथा वित्तीय संस्था वा लघुवित्त संस्थामा कार्य अनुभव भएका उम्मेदवारहरूलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ । इच्छुक तथा योग्य उम्मेदवारहरूले आफ्नो व्यक्तिगत विवरणसहितको आवेदन यही जेठ १८ गते भित्र पठाउन सक्नेछन् ।