त्रिशूली नदीको किनारमा रहेको मलेखु बजार एतिहासिक समाजिक साँस्कृति विशेषता बोकेको बजार हो । विशेष गरी माछाका परिकारहरूका लागि यो ठाउँ प्रसिद्ध छ । जसले गर्दा यो स्थान आन्तरिक पर्यटकहरूको पनि लोकप्रिय गन्तव्य बनेको छ।
मलेखु बजारको प्रमुख विशेषता यहाँ पाइने ताजै पानीका माछा हुन्। तर, पछिल्लो समय तराईका माछाहरु ल्याएर पकाएर दिन्छन् । यहाँको नदि खोलाको लोकल माछा भने कमै पाइन्छ । बस्ती बढ्दो छ । बजार क्षेत्र विस्तारित छ ।
प्राकृतिक सुन्दरता, नदीनाला, र स्वादिलो खाना भएको मलेखु बजारले पर्यटकहरूलाई लोभ्याउँछ ।
समान्यतया सरल मूल्यमा स्वादिलो खाना, नदी किनारको शान्त वातावरण र रमणीय दृश्यहरूले यसलाई एक आकर्षक छोटो यात्राको गन्तव्य बनाएको छ।
तस्विरहरूः टार्जन लिम्बु