अर्थ समितिको बैठकमा कृषि बहसः प्राथमिकता मात्र नभइ बजार सुनिश्चित गर्नुपर्छ

अर्थ समितिको बैठकमा कृषि बहसः प्राथमिकता मात्र नभइ बजार सुनिश्चित गर्नुपर्छ

बिहिवार, जेठ ८ २०८२
बिहिवार, जेठ ८ २०८२
  • अर्थ समितिको बैठकमा कृषि बहसः प्राथमिकता मात्र नभइ बजार सुनिश्चित गर्नुपर्छ
    images
    images

    काठमाडौं/ अर्थ समितिका सभापति सन्तोष चालिसे आगामी योजनामा कृषि क्षेत्रलाई प्राथमिकता मात्र दिने नभनी बजार सुनिश्चित गर्नुपर्ने बताएका छन् । 
    बिहिबार बसेको अर्थ समितिको बैठकमा बोल्दै समितिका सभापति चालिसेले कृषि क्षेत्रको विकासका लागि बजारको सुनिश्चता हुनुपर्ने बताएका हुन् । 

    images
    images


    उनले भने, ‘अब हामीले कृषि, पर्यटन, विद्युत, आइटी र उर्जामा जोड दिनुपर्छ भनेर सबैले जोड दिएका छौं । तर कृषि क्षेत्रलाई ध्यान दिने मात्र भनेर कुनै अर्थ छैन् । कृषि क्षेत्रको रुवाबासी हेरेका छौं । किसानले बैंकबाट ऋण लिएर गाई पाल्छ तर, दुध विक्री नभएर पोख्ने अवस्था छ । बजारको सुनिश्चता छैन् । तरकारी रोप्दा भारतबाट आएको तरकारीको कारण फाल्न परेको छ ।’


    उनले तरकारीलगायत उपभोग्य कृषि उपजको बजारको मूल्य १५ दिन अगाडि नै तोकिनुपर्ने बताए ।  
    बैठकमा आगामी आर्थिक वर्षको बजेटमा समावेश हुनुपर्ने विषयहरू सम्बन्धमा छलफल गरएको थियो ।


    छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीले यस्ता विषयमा हरेक मन्त्रालयमा छलफल गरिनुपर्ने बताए । यस्ता छलफलले समस्याको समाधान निकाल्न सहज हुने धारण राखे । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com