शुक्रबारको राशिफल : तपाईँको लागि आजको दिन कति शुभ कति अशुभ ?

शुक्रबारको राशिफल : तपाईँको लागि आजको दिन कति शुभ कति अशुभ ?

शुक्रवार, जेठ ९ २०८२
शुक्रवार, जेठ ९ २०८२
  • शुक्रबारको राशिफल : तपाईँको लागि आजको दिन कति शुभ कति अशुभ ?
    images
    images

    आज वि.सं.२०८२ साल जेष्ठ ९ गते, शुक्रबार, ईश्वी सन् २०२५ मे २३ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायणं, ग्रिस्म ऋतु, श्रीशाके १९४७, जेष्ठ कृष्णपक्ष, एकादशी तिथी, उत्तरभाद्रपदा नक्षत्र, आनन्दादिमा-ध्वज योग, चन्द्रराशि-मीन।

    images
    images

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    कल्पना र भावनामा बग्दा ध्यान कमजोर हुनेछ, जसले काममा असर पुर्‍याउन सक्छ। आर्थिक क्षेत्रमा मन्दी देखिन्छ, तर विदेशमा काम गर्नेका लागि समय अनुकूल छ। खर्च बढे पनि लगानीका अवसर प्राप्त हुन सक्छन्। ऋण लिने परिस्थिति आउन सक्छ, सावधानी अपनाउनु जरुरी छ। प्रतिस्पर्धामा कडा टक्कर सम्भव छ, धैर्य आवश्यक छ। कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने हुँदा सावधान रहनुहोला। 

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    आजको दिन आर्थिक दृष्टिले लाभदायक रहनेछ। आम्दानीका नयाँ स्रोत खुल्नेछन् र पुराना प्रयासबाट फाइदा मिल्नेछ। व्यापार र लगानीका लागि समय अनुकूल छ। परिवार तथा दाजुभाइको सहयोगले आत्मबल बढ्नेछ। चल–अचल सम्पत्तिको सदुपयोगबाट लाभ हुनेछ। नयाँ अवसरहरू प्रयोग गरी आर्थिक स्थितिमा सुधार ल्याउन सकिनेछ।  नयाँ अवसरबाट लाभ उठाउन सकिनेछ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। विभिन्न कामका प्रस्तावहरू आउनेछन् र आम्दानी बढ्नेछ। व्यापार वा नोकरीमा पदोन्नतीको सम्भावना छ। प्रतिष्ठित व्यक्तिसँग सहकार्यको अवसर मिल्नेछ, जसले दीर्घकालीन फाइदा दिलाउन सक्छ। सामाजिक प्रतिष्ठा बढ्नेछ । समयले विशेष साथ दिनेछ। 

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आजको दिन भाग्यशाली रहनेछ, सानो लगानीबाट मनग्गे आम्दानी हुन सक्छ। धार्मिक र आध्यात्मिक कार्यमा रुचि बढ्नेछ। बौद्धिक क्षमता र आत्मविश्वासले महत्वपूर्ण सफलता दिलाउन सक्छ। केही शारीरिक कमजोरीले बाधा पुग्न सक्छ, तर शुभचिन्तकको सहयोगले लक्ष्यमा पुग्न सकिनेछ। सेवामूलक काम सम्पादन हुनेछ । अरुका लागि बुद्धि खर्चनुपर्ला। 

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    आजको दिन मिहिनेतले मात्र सफलता दिलाउने संकेत देखिन्छ। पढाइमा उपलब्धिका लागि कडा प्रयास आवश्यक छ भने व्यवसायमा ध्यान नदिँदा आम्दानी घट्न सक्छ। आफन्तसँग मनमुटाव हुन सक्ने भएकाले संयम अपनाउनुहोला। स्वास्थ्यमा समस्या आउन सक्छ, गोपनीयता जोगाउनु महत्वपूर्ण हुनेछ। प्रयास जारी राख्दा पछि फाइदा दिने काम सुरु गर्न सकिनेछ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    आजको दिन व्यापारमा लगानीका लागि अनुकूल देखिन्छ, एकल वा साझेदारी दुबैबाट राम्रो नाफा कमाउन सकिनेछ। पढाइमा राम्रो नतिजाले आफन्त खुशी रहनेछन्। सामाजिक सञ्जालको प्रभावशाली प्रयोगले जनसम्पर्क बढ्नेछ। रमाइलो यात्रा, साथीभाइसँगको जमघट र नयाँ कामका प्रस्तावले दिन सफल र ऊर्जावान बन्नेछ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    आजको दिन आर्थिक रूपमा लाभदायक रहनेछ। व्यवसायमा लगानी बढाएर आम्दानीका नयाँ स्रोत फेला पार्न सकिनेछ। पुराना रोग र समस्याबाट राहत मिल्नेछ। पढाइमा अग्रस्थान प्राप्त हुने सम्भावना छ भने अदालतका निर्णय तपाईँको पक्षमा आउनेछन्। परिश्रमले सफलता दिलाउनेछ र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। प्रतिस्पर्धीहरूलाई समेत पछि पार्न सकिनेछ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    आजको दिन बौद्धिक क्षमताको प्रयोगले चुनौती पार गर्न सकिनेछ। ज्ञान र मिहिनेतको कदर हुनेछ, पारिश्रमिक सन्तोषजनक रहनेछ। बैंक तथा वित्तीय क्षेत्रबाट लाभ मिल्नेछ भने सन्तानको सहयोगले सफलता प्राप्त हुनेछ। प्रियजनसँगको भेटले मन रमाइलो बन्नेछ। तर, नयाँ काम अघि सोचविचार आवश्यक छ। चञ्चलता र हतारले समस्या ल्याउन सक्छ, धैर्यपूर्वक अघि बढ्नुहोला। 

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    आजको दिन पुराना कामलाई निरन्तरता दिनु उचित हुनेछ। अध्ययनमा ध्यान केन्द्रित गर्दा राम्रो नतिजा मिल्नेछ। पारिवारिक सुख–सुविधाबाट टाढा रहनु परे पनि धैर्य आवश्यक छ। छातिको स्वास्थ्यमा ध्यान दिनुहोस्। साझेदारसँग असमझदारी र अर्थ अभावले केही समस्या ल्याउन सक्छ। वचन र योजना सार्वजनिक गर्दा सतर्क रहनुहोस्। सकारात्मक सोच र समय व्यवस्थापनले राहत दिनेछ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    आज आर्थिक क्षेत्रमा महत्वकांक्षी योजना सार्वजनिक गरेर बलियो आधार बनाउन सकिनेछ। लेखनकलामा प्रगति हुँदै नाम कमाउने मौका छ। दाजुभाइ र साथीहरूको सहयोगले राम्रो कामहरू सम्पन्न हुनेछ। व्यवसायीहरूका लागि दिन लाभदायक हुनेछ भने बोलीको प्रभावले प्रतिष्ठा बढ्नेछ। उद्योग, व्यापार र कृषिमा लाभ मिल्नेछ। मेहनतले इच्छाहरू पूरा हुनेछ र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    पारिवारिक समारोहमा सहभागी भएर रमाइलो भोजनको अवसर प्राप्त हुनेछ। कलाकारिता र फिल्मी क्षेत्रमा नाम र दाम कमाउने समय छ। कुटुम्बको सहयोगले असजिलो परिस्थिति सहज बनाउन सकिनेछ। सामाजिक र धार्मिक क्षेत्रमा सफलता मिल्नेछ। तर, परिश्रम गर्दा पनि तत्काल नतिजा नआउन सक्छ, निर्णयमा द्विविधा र वादविवादले बाधा पुर्याउन सक्छ। आयस्रोत कमजोर रहने सम्भावना छ, सावधानी अपनाउनुहोस्।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    राजनीतिमा काम समयमै सम्पन्न भइ पद प्राप्तिको योग छ। विद्यार्थीहरूले मेहनत गर्दा उत्कृष्ट नतिजा पाउनेछन्। विलासी सामग्री प्रयोगले आकर्षण बढ्नेछ। विछोडिएका मित्रसँग भेटले दिन रमाइलो हुनेछ। प्राविधिक क्षेत्रमा सफलता सम्भावित छ। अप्ठ्यारो परिस्थितिमा पनि काम बन्नेछ तर हतार नगर्नुहोला। आत्मविश्वास कमजोर हुँदा अवसर गुम्न सक्छ। स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com