नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अध्यक्षमा चेत प्रसाद उप्रेती नियुक्त

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अध्यक्षमा चेत प्रसाद उप्रेती नियुक्त

शुक्रवार, जेठ ९ २०८२
शुक्रवार, जेठ ९ २०८२
  • नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अध्यक्षमा चेत प्रसाद उप्रेती नियुक्त
    images
    images

    काठमाडौँ / नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक चेत प्रसाद उप्रेती नियुक्त भएका छन् । 

    images
    images

    आजको औपचारिक कार्यक्रममा उनले डेप्युटी गभर्नर बम बहादुर मिश्रसँग अध्यक्ष पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ । यस अघि उक्त पदमा कार्यकारी निर्देशक विश्रुत थापा रहेका थिए । 

    चेत प्रसाद उप्रेतीको केन्द्रिय बैंकको विभिन्न विभागमा २७ वर्ष भन्दा बढि काम गरेको अनुभव रहेको छ भने उनी त्रिभुवन विश्वविद्यालयबाट एमबिए डिग्री होल्डर छन् । हाल उनी राष्ट्र बैंकको गैर बैंक वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशकका रूपमा आबद्ध छन् ।

    नेपाल क्लियरिङ्ग हाउसको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय कम्पनीबाट प्रतिनिधि रहेका छन् । एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरू स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवर्द्धित कम्पनी हो ।   

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com