सूर्य नेपाल च्यालेन्ज, तेस्रो दिन पनि शुक्रको अग्रता कायमै

सूर्य नेपाल च्यालेन्ज, तेस्रो दिन पनि शुक्रको अग्रता कायमै

शुक्रवार, जेठ ९ २०८२
शुक्रवार, जेठ ९ २०८२
  • सूर्य नेपाल च्यालेन्ज, तेस्रो दिन पनि शुक्रको अग्रता कायमै
    images
    images

    काठमाडौँ /  सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गतको सातौँ प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको तेस्रो दिन पूर्व नम्बर एक गल्फर शुक्रबहादुर राई ३ स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा कायमै रहन सफल भएका छन्।

    images
    images

    समग्रमा ११-अन्डर १ सय ९३ को स्कोर‌मा उनले भुवन कुमार  रोक्कालाई ३स्ट्रोकले पछि पारेका हुन्। आज शुक्रले ५-अन्डर ६३ को सानदार स्कोरनिकाले। पहिलो दिन संयुक्तरुपमा शीर्षस्थानमा रहेका भुवनले पनि ५-अन्डर ६३ को स्कोर दर्ज गर्दै समग्रमा ८-अन्डर १ सय ९६ सहित दोस्रोस्थानमा उक्लिए।

    यो सिजन तीन उपाधि जितिसकेका निरज तामाङले आज दिनकै उत्कृष्ट६-अन्डर ६२ को स्कोर गरे। समग्रमा ७-अन्डर १ सय ९७ सहित तेस्रोस्थानमा उक्लिएका छन्। आज इभन-पार ६८ खेलेका दिनेश प्रजापतिसमग्रमा ५-अन्डर १ सय ९९ को स्कोरमा चौथो स्थानमा झरे। समग्रमा३-अन्डर २ सय १ बनएका तोरण विक्रम शाही पाँचौं स्थानमा छन्। उनलेआज ४-अन्डर ६४ स्कोर जोडे।

    समग्रमा २-अन्डर २ सय २ सहित साबिक विजेता रवि खड्का र सञ्जयलामा संयुक्तरुपमा छैटौं स्थानमा छन्। रविले तेस्रो दिन ३-अन्डर ६५ रसञ्जयले १-अन्डर ६७ को स्कोर गरे। समग्रमा १-अन्डर २ सय ३ स्कोरजोडेका जयराम श्रेष्ठ र वसन्त राज गुरुङले आठौं स्थानमा बाँडे। जयरामलेआज ३-अन्डर ६५ र वसन्तले २-अन्डर ६६ को स्कोर गरे।

    यस्तै समग्रमा १-ओभर २ सय ५ को नतिजामा रमेश अधिकारी र भुवननगरकोटीले दशौं स्थान बाँडे। रमेशले ४-अन्डर ६४ र भुवनले २-अन्डर ६६को स्कोरकार्ड बनाए।‌

    लिडर शुक्रले फ्रन्ट नाइन ३-अन्डर ३१ मा सकाए। उनले पहिलो, दोस्रो, चौथो र आठौं होलमा बर्डी प्रहार गरे। तेस्रो होलमा भने एक सट खेर फाले।यसपछि ११औं र १२औं होलमा बर्डीको सफलतासँगै ब्याक नाइन २-अन्डर३२ मा पुरा गरे।

    भुवनले चौथो होलमा तथा सातौं देखि नवौं होलसम्म लगातार तीन बर्डीप्रहार गर्दै फ्रन्ट नाइन ४-अन्डर ३० मा सकाए। यसपछि १२औं र १३औंहोलमा एक-एक सट बचाए। १६औं होलको बोगीले ब्याक नाइनमा १-अन्डर ३३ को नतिजा निकाले।

    दिनकै उत्कृष्ट स्कोर निकालेका निरजले बोगी रहित सानदार प्रदर्शन गरे।उनले फ्रन्ट र ब्याक नाइन दुवै ३-अन्डर ३१ मा सकाए। निरजले पहिलो, दोस्रो, चौथो, १०औं, १३औं र १५औं होलमा बर्डी प्रहार गरे।

    एमेच्योरतर्फ समग्रमा १-ओभर २ सय ५ को स्कोरमा राहुल विश्वकर्मालेनिश्चयजङ्ग रायमाझीलाई ३ स्ट्रोकले पछि पारे। राहुलले आज इभन-पार ६८ स्कोर गरे। समग्रमा ४-ओभर २ सय ८ स्कोर गरेका  निश्चयले आज  २-ओभर ७० स्कोर गरे।

    ७२ होलको चार दिने प्रतियोगितामा ३६ प्रोफेसनल र ११ एमेच्योर गरी कुल४७ खेलाडीको सहभागीता रहेको छ।

    प्रतियोगिताको कुल पुरस्कार राशी ६ लाख रुपैयाँ रहेको छ। विजेताले १लाख १० हजार रुपैयाँ प्राप्त गर्नेछन्। दोस्रो र तेस्रो हुनेले क्रमश ७० हजारर  ५० हजार हात पार्नेछन्। साथै शीर्ष २१ भित्र पर्ने प्रोफेसनल गल्फरहरुलेपनि नगद प्राप्त गर्नेछन्। चार दिनको मुख्य स्पर्धा पश्चात शनिबार प्रो-एमप्रतिस्पर्धा हुनेछ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com