सुजुकीको मनसुन फ्रि सर्भिस क्याम्प साउन १८ देखि २० सम्म, भाग्यशाली ग्राहकलाई आकर्षक सर्भिस प्याकेज

सुजुकीको मनसुन फ्रि सर्भिस क्याम्प साउन १८ देखि २० सम्म, भाग्यशाली ग्राहकलाई आकर्षक सर्भिस प्याकेज

शुक्रवार, साउन १६ २०८२
शुक्रवार, साउन १६ २०८२
  • images
    images
    सुजुकीको मनसुन फ्रि सर्भिस क्याम्प साउन १८ देखि २० सम्म, भाग्यशाली ग्राहकलाई आकर्षक सर्भिस प्याकेज

    काठमाडौँ / नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सिजी मोटोकर्पले ‘मनसुन फ्रि सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ । कम्पनीले यही साउन १८  देखि २०  गतेसम्म  मनसुन फ्रि सर्भिस क्याम्प’को आयोजना गर्ने भएको हो । 

    लगातार परिरहेको वर्षाका कारण सवारी साधनहरूमा विविध प्रकारका समस्या देखिन सक्ने सम्भावना रहन्छ। यदि यस्ता समस्यामा समयमै ध्यान नदिए गाडीमा दीर्घकालीन असर पर्न सक्ने सम्भावना रहेको कम्पनीले जनाएको छ। 

    सोही सम्भावित जोखिमलाई मध्यनजर गर्दै, सुजुकीले आफ्नो ग्राहकको सुरक्षालाई प्राथमिकता दिँदै एक विशेष मनसुन सर्भिस क्याम्प सञ्चालन गर्ने भएको हो । 

    उक्त क्याम्पमार्फत ग्राहकहरूलाई आफ्ना गाडीको निःशुल्क जाँच, विशेष छुटसहितको मर्मत सेवा, र विशेषज्ञद्वारा मौसमको प्रकोपलाई कसरी कम गर्न सकिन्छ भनेर सल्लाह पनि उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ। 

    कम्पनीले सबै सुजुकी ग्राहकहरूलाई यो अवसरको लाभ लिन र वर्षायाममा आफ्नो सवारीलाई उत्तम अवस्थामा राख्न आग्रह समेत गरेको छ।

    सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर  पाउनको साथै ३ जना भाग्यमानी ग्राहकहरुले आकर्षक सर्भिस प्याकेज पनि जित्न  सक्नेछन् । 

    कम्पनीका अनुसार सर्भिस क्याम्पमा ग्राहकले निशुल्क एसी/हिटर  चेक, ब्याट्री चेक र  ओभरअल चेकअपको सुविधा पाउनुहुनेछ ।

    त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा  ५०  प्रतिशत सम्मको  छुट पाउनुहुनेछ भने लेवर चार्जमा २० प्रतिशतसम्मको छुट  र  स्पेयर पार्टस् र  इन्जिन आयलमा १० प्रतिशत सम्मको छुट पाउनुहुनेछ । 

    सुजुकीको मनसुन  फ्री सर्भिस क्याम्प’ नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ । ५४ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्चालनमा छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय