कोशी प्रदेशका पहाडी भूभागमा भारी बर्षाको सम्भावना, भोलि शनिबारको मौसम कस्तो रहला ?

कोशी प्रदेशका पहाडी भूभागमा भारी बर्षाको सम्भावना, भोलि शनिबारको मौसम कस्तो रहला ?

शुक्रवार, साउन २३ २०८२
शुक्रवार, साउन २३ २०८२
  • images
    images
    कोशी प्रदेशका पहाडी भूभागमा भारी बर्षाको सम्भावना, भोलि शनिबारको मौसम कस्तो रहला ?

    काठमाडौँ / मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ। देशभर मनसुनको प्रभाव रहेता पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ। 

    आज दिउँसो कोशी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागलगायत देशका बाँकी पहाडी भूभागका केही स्थानहरुमा तथा मधेश प्रदेश र बाँकी तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    आज राति मधेश प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका पहाडी भूभागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    शनिबार दिउँसो कोशी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभाग लगायत देशका बाँकी पहाडी भूभागका केही स्थानहरुमा तथा मधेश प्रदेश र बाँकी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र बाग्मती प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    शनिबार राति कोशी प्रदेश र मधेश प्रदेश लगायत देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।  

    मधेश प्रदेश लगायत कोशी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानहरू मध्यम वर्षाको सम्भावना रहेको छ। मनसुनको समय भएकोले पछिल्लो मौसमी सूचनाको जानकारी लिनुहुन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय