चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र र सबैभन्दा ठूलो प्रदूषक, यस्तो छ पृथ्वीको तापक्रम घटाउने लक्ष्य

चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र र सबैभन्दा ठूलो प्रदूषक, यस्तो छ पृथ्वीको तापक्रम घटाउने लक्ष्य

बिहिवार, असोज ९ २०८२
बिहिवार, असोज ९ २०८२
  • images
    images
    चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र र सबैभन्दा ठूलो प्रदूषक, यस्तो छ पृथ्वीको तापक्रम घटाउने लक्ष्य

    चीनले पहिलो पटक विशेष उत्सर्जन कटौतीको प्रतिज्ञा सार्वजनिक गरेको छ।

    सो अनुसार सन् २०३५ सम्ममा ग्रह–ताप बढाउने हरितगृह ग्यास सातदेखि १० प्रतिशतले मात्र घटाउने लक्ष्य राखिएको छ।

    तर, यो लक्ष्यलाई विश्लेषकहरूले निकै कम भनेका छन्।

    यद्यपि, विशेषज्ञहरूले बेइजिङले प्रायः ‘कम वाचा गर्ने तर बढी पूरा गर्ने’ प्रवृत्ति देखाउँदै आएको बताएका छन्।

    यसपटकको प्रतिज्ञा जलवायु परिवर्तनविरुद्ध अझ महत्त्वाकांक्षी प्रयासतर्फको बाटो खोल्ने सङ्केत मानिएको छ ।

    किन यो महत्त्वपूर्ण ?

    चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र र सबैभन्दा ठूलो प्रदूषक हो। यस मुलुकले विश्वव्यापी उत्सर्जनको करिब ३० प्रतिशत हिस्सा ओगटेको छ । तर यसैसँगै, यो स्वच्छ ऊर्जा उत्पादनमा अग्रणी छ। विश्वका अधिकांश सौर्य प्यानल, ब्याट्री र विद्युतीय सवारी चीनमै उत्पादन हुन्छन् ।

    चीनको नीतिले शताब्दीको अन्त्यसम्म तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियस भित्रै रोक्न सकिन्छ वा सकिँदैन भन्ने तय गर्नेछ।

    चीनको नयाँ प्रतिज्ञा –

    शुद्ध हरितगृह ग्यास उत्सर्जनलाई शिखर स्तरबाट सातदेखि १० प्रतिशत घटाउने (अझ बढी गर्ने प्रयास गर्ने वाचा) रहेको छ । त्यस्तै गैर–जीवाश्म ऊर्जा उपभोगलाई कुल ऊर्जा खपतको ३० प्रतिशतभन्दा माथि पुर्‍याउने लक्ष्य छ ।

    चीनले पवन र सौर्य क्षमता सन् २०२० को तुलनामा छ गुणा विस्तार गरी तीन हजार छ सय गिगावाटमा पुर्‍याउने प्रतिज्ञा गरेको छ भने वन क्षेत्र २४ अर्ब घनमिटरमा बढाउने तय गरेको छ ।

    त्यस्तै नयाँ बिक्रीमा विद्युतीय सवारीलाई ‘मुख्यधारा’ बनाउने र राष्ट्रिय कार्बन व्यापार योजना विस्तार गरी उच्च उत्सर्जन क्षेत्रलाई समेट्ने र ‘जलवायु अनुकूल समाज’ स्थापना गरिएको छ ।

    विज्ञहरूको धारणा –

    विशेषज्ञहरूले यी लक्ष्यहरूलाई सामान्य ठाने पनि चीनको स्वच्छ प्रविधिमा लगानी र क्षमताका कारण वास्तविक परिणाम कागजी लक्ष्यभन्दा धेरै हुने अपेक्षा गरिएको छ ।

    “चीनले प्रायः कम वाचा गर्छ तर बढी पूरा गर्छ”, एडभोकेसी समूह ३५० ओआरजीका एन्ड्रियास सिबरले भने । ग्रिनपिस पूर्वी एसियाका याओ जेले पनि चीनको वास्तविक डिकार्बोनाइजेशन लक्ष्यभन्दा बढी हुने आशा व्यक्त गरे । 

    चीनले नवीकरणीय ऊर्जा स्थापनामा विश्वलाई पछाडि पार्दैछ, तर कोइला क्षमता विस्तार गर्न जारी राखेको र उत्सर्जन घटाउने आधार वर्षलाई स्पष्ट नगरेको विषयले चिन्ता बढाएको विश्लेषकहरूको भनाइ छ।

    यद्यपि, पर्यवेक्षकहरूलाई चीनको अर्थतन्त्र अब ऊर्जा सङ्क्रमणतर्फ बाध्यतापूर्वक अघि बढिरहेको छ भन्ने विश्वास छ ।

    एसिया सोसाइटीका ली शुओले भने, “राम्रो समाचार यो हो—आफ्नो स्वार्थका कारण भए पनि, चीन अहिले जलवायु कार्यलाई अगाडि बढाउन सबैभन्दा बलियो अवस्थामा छ।”

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय