महालक्ष्मी विकास बैंकका ग्राहकहरूलाई -याडिसन एयरपोर्ट लाउन्जमा विशेष छुट

महालक्ष्मी विकास बैंकका ग्राहकहरूलाई -याडिसन एयरपोर्ट लाउन्जमा विशेष छुट

शुक्रवार, असोज २४ २०८२
शुक्रवार, असोज २४ २०८२
  • images
    images
    महालक्ष्मी विकास बैंकका ग्राहकहरूलाई -याडिसन एयरपोर्ट लाउन्जमा विशेष छुट

    काठमाडौँ / महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्र, रेष्टुरेन्ट लगायतका संस्थाहरूसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ चाडपर्व तथा विदेश यात्रा गर्ने यात्रुहरूलाई लक्षित गर्दै -याडिसन होटल लाजिम्पाट, काठमाडौँसँगको सहकार्यमा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा रहेको -याडिसन एयरपोर्ट लाउन्जमा विशेष छुट प्रदान गर्ने गरी सम्झौता भएको छ । 

    सम्झौता अन्तर्गत महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरूले उक्त होटलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको -याडिसन एयरपोर्ट लाउन्जमा प्रदान गर्ने सेवा सहित विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

    बैंकले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा रहेको -याडिसन एयरपोर्टको लाउन्ज सेवामा, पेस्ट्री खरिद तथा ट्यानक्वीलीटी स्पा सेवामा १५ प्रतिशत छुट हुने जनाएको छ ।

    यसैगरी, खाद्य तथा पेय पदार्थमा (इजाकाया होकाइडो होटल समेत) र -याडिसन फिटनेस सेन्टर (जिम)मा २० प्रतिशत छुट हुने बैंकको जानकारी दिएको छ । 

    यस किसिमको सहकार्यबाट बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । 

    हालै मात्र बैंकले आफ्ना क्रेडिट कार्ड वाहकहरूले विभिन्न ट्राभल एजेन्सी मार्फत टुर प्याकेज खरिद गर्दा महालक्ष्मी बैंकको क्रेडिट कार्ड प्रयोग गरी खरिद गर्न सक्ने योजनाको सुरूवात गरेको छ ।

    यस अन्तर्गत आफुले खरिद गरेको टुर प्याकेजको मुल्य बराबरको रकमको भुक्तानी ६ महिना देखी १२ महिना सम्मको लचिलो अवधी रहने गरी मासिक रूपमा भुक्तान गर्न मिल्ने गरी रूपान्तरण गर्न समेत सक्नेछन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय