सरकार चुनावी वातावरण बनाउन गम्भीर देखिएन : डा.महत

सरकार चुनावी वातावरण बनाउन गम्भीर देखिएन : डा.महत

शुक्रवार, असोज २४ २०८२
शुक्रवार, असोज २४ २०८२
  • images
    images
    सरकार चुनावी वातावरण बनाउन गम्भीर देखिएन : डा.महत

    काठमाडौँ / नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले सरकार चुनावी वातावरण बनाउन गम्भीर नदेखिएकाले निर्वाचन हुने नहुने अन्योल रहेको बताएका छन् । 

    आज (शुक्रबार) बसेको पदाधिकारी बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता महतले निर्वाचन गर्ने मिति तोकिए पनि चुनावलाई सहज, निष्पक्ष, धाँधलीरहित र शान्ति सुरक्षाको प्रत्याभूतिसहित वातावरण बनाउन सरकार गम्भीर नदेखिएको बताएका हुन् । 

    उनले भने, “निर्वाचन गर्ने मिति तोकिएको छ । राजनीतिक रूपमा जनताप्रति विश्वास गर्ने पार्टी भएकाले कांग्रेस जनतामा जाने कुरालाई नकार्न सक्दैन । तर सरकार चुनावलाई सहज, निश्पक्ष, धाँधलीरहित र शान्ति सुरक्षाको प्रत्याभूतिसहित वातावरण बनाउन सरकार गम्भीर देखिएको छैन । निर्वाचन हुन्छ, हुदैँन भन्ने कुरा पनि अन्योलमा परेको छ ।” 

    उनले संवैधानिक व्यवस्थामा हाल निर्माण भएको सरकार र संसद विघटनको कार्य असंवैधानिक रहेको बताए ।  
    चुनावी वातावरण सिर्जना हुन नसक्दा संसद पुर्नस्थापनाको बाटो पनि खुल्ला राख्नुपर्ने डा.महतको भनाइ छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय