नेशनल वायोटेकले बोलायो साधारण सभा, आइपिओ जारी गर्ने प्रस्ताव पेश गरिने

नेशनल वायोटेकले बोलायो साधारण सभा, आइपिओ जारी गर्ने प्रस्ताव पेश गरिने

शुक्रवार, असोज २४ २०८२
शुक्रवार, असोज २४ २०८२
  • images
    images
    नेशनल वायोटेकले बोलायो साधारण सभा, आइपिओ जारी गर्ने प्रस्ताव पेश गरिने

    काठमाडौँ / नेशनल वायोटेकले आफ्नो दोस्रो वार्षिक साधारण सभा मंसिर ५ गतेका लागि आह्वान गरेको छ। कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले उक्त मितिमा काठमाडौँको नयाँबजारस्थित ए वान क्याफे एण्ड पार्टी प्यालेसमा सभा गर्ने निर्णय गरेको हो । 

    कम्पनीले बिहीबार प्रकाशित सूचना अनुसार, सो सभामा सर्वसाधारणलाई साधारण सेयर जारी गर्नेसम्बन्धी विशेष प्रस्ताव पेश गरिनेछ। सेयर जारीपछि प्राप्त पुँजीको उपयोग, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन र सेयर तथा बैंकिङ कारोबार गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावहरू पनि सभामा प्रस्तुत हुनेछन्।

    त्यस्तै, आर्थिक वर्ष ०८१/८२ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखापरीक्षण प्रतिवेदनसहित चालु आर्थिक वर्षको असार मसान्तसम्मको वित्तीय विवरण अनुमोदन गर्ने र कम्पनी ऐन २०६३ को दफा १११ अनुसार ०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्दै पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्तावहरू पनि सभामा छलफल गरिने जनाइएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय