राष्ट्र बैंकले घटायो डेबिट कार्डबाट हुने कारोबारको सीमा

राष्ट्र बैंकले घटायो डेबिट कार्डबाट हुने कारोबारको सीमा

शुक्रवार, असोज २४ २०८२
शुक्रवार, असोज २४ २०८२
  • images
    images
    राष्ट्र बैंकले घटायो डेबिट कार्डबाट हुने कारोबारको सीमा

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले डेबिट कार्डमार्फत हुने कारोबारको सीमा घटाएको छ। शुक्रबार एक परिपत्र जारी गर्दै राष्ट्र बैंकले नयाँ सीमा लागू गर्ने निर्णय गरेको हो, जुन एटिएम, एमपोस मेसिन तथा कार्डमार्फत गरिने अन्य भुक्तानी माध्यमहरूमा पनि लागू हुनेछ।

    नयाँ व्यवस्था अनुसार अब एटीएमबाट डेबिट कार्ड प्रयोग गरी प्रति कारोबार अधिकतम २० हजार रुपैयाँ मात्र झिक्न सकिनेछ। यसअघि यो सीमा २५ हजार रुपैयाँ थियो।

    त्यस्तै, दैनिक सीमा ५० हजार रुपैयाँ र मासिक सीमा ३ लाख रुपैयाँ तोकिएको छ। अघिल्लो व्यवस्था अनुसार दैनिक एक लाख रुपैयाँ र मासिक चार लाख रुपैयाँसम्म कारोबार गर्न पाइन्थ्यो। 

    राष्ट्र बैंकले अन्य कार्डहरूमा भने सीमा यथावत राखेको छ। प्रिपेड कार्डको हकमा प्रति कारोबार १० हजार, दैनिक २० हजार र मासिक २ लाख रुपैयाँको सीमा यथास्थानमै छ।

    त्यस्तै, बैंक तथा वित्तीय संस्था बाहेकका सेवा प्रदायकहरूले जारी गर्ने प्रिपेड कार्डका लागि पनि दैनिक ५ हजार र मासिक २५ हजार रुपैयाँको सीमा यथावत नै राखिएको छ।

    क्रेडिट कार्डको सीमा भने परिवर्तन गरिएको छैन । राष्ट्र बैंकले यो निर्णय बैंकिङ्ग प्रणालीमा वित्तीय अनुशासन कायम राख्न तथा सम्भावित जोखिम न्यूनीकरण गर्नका लागि गरेको बताइएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय