आइतबारको राशिफल : आम्दानी, अवसर, सफलता र खर्चका हिसाबले तपाईँको समय कस्तो चल्दैछ आज ?

आइतबारको राशिफल : आम्दानी, अवसर, सफलता र खर्चका हिसाबले तपाईँको समय कस्तो चल्दैछ आज ?

आइतवार, असोज २६ २०८२
आइतवार, असोज २६ २०८२
  • images
    images
    आइतबारको राशिफल : आम्दानी, अवसर, सफलता र खर्चका हिसाबले तपाईँको समय कस्तो चल्दैछ आज ?

    आज वि.सं. २०८२ साल आश्विन २६ गते, आइतबार तदनुसार ईश्वी सन् २०२५ अक्टोबर १२ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, दक्षिणायनं, शरद ऋतु, श्रीशाके १९४७, कार्तिक कृष्णपक्ष, षष्ठी तिथी, मृगशिरा नक्षत्र, आनन्दादिमा–सौम्य योग, चन्द्रराशि–वृष, बिहान ८ः३२ बजेपछि मिथुन ।

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    उद्योग, व्यापार तथा नयाँ लगानीबाट अपेक्षित नाफा कमाउन सकिनेछ। सहयोगीहरूले साथ दिनेछन् र रोकिएका आर्थिक कामहरू बन्नेछन्। व्यापारमा प्रतिस्पर्धीलाई हराउँदै राम्रो लाभ प्राप्त हुनेछ। आयका नयाँ स्रोत खुल्नेछन्, परिश्रमको उचित फल पाइनेछ। आर्थिक जग मजबुत बनाउँदै समृद्धिको बाटो खुलेको अनुभव हुनेछ।

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    लगानीका लागि अनुकूल समय छ। बैंक, वित्तीय संस्था र दीर्घकालीन आम्दानी दिने व्यवसायमा लगानी बढाउन सकिनेछ। प्रविधिको प्रयोगले आर्थिक सम्भावना बढ्नेछ। खर्च बढ्न सक्ने सम्भावना भए पनि मिहिनेतले भविष्यमा लाभ दिनेछ। गोपनीयता र सतर्कता अपनाउँदा आर्थिक क्षति टार्न सकिनेछ। रोकिएका आर्थिक काम अघि बढ्नेछन्।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    पुराना लगानी र व्यापारबाट राम्रो लाभ उठाउन सकिने समय छ। शेयर बजारमा पनि लाभ कमाउने सम्भावना उच्च छ। समयको सही उपयोगले आर्थिक सफलता मात्र होइन, सामाजिक प्रतिष्ठा पनि दिलाउनेछ। साथीसँगको सहकार्यबाट व्यवसायमा टेवा पुग्नेछ। मिहिनेतले दाम, नाम र अवसर बढाउनेछ। दोहोर्याइएको प्रयासबाट रोकिएका आर्थिक काम बन्नेछन्।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    विदेशी सामानको व्यापार फस्टाउनेछ र विदेशमा काम तथा अध्ययन गरिरहेकाहरूका लागि आम्दानीको राम्रो अवसर हुनेछ। यद्यपि आकस्मिक खर्च र कर्जाको आवश्यकता पर्न सक्छ। मिहिनेत अनुसार फाइदा कम हुन सक्छ, र प्रतिफल अरूले हत्याउने सम्भावना पनि रहनेछ। सतर्कता अपनाउँदा वित्तीय संकट टार्न सकिनेछ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    पैतृक सम्पत्तिको सही प्रयोगबाट धन जोड्न सकिनेछ। बैंक तथा वित्तीय क्षेत्रमा गरिएको लगानीले आम्दानी बढाउनेछ। थोरै लगानीबाट पनि व्यापारमा नाफा कमाउन सकिनेछ। नयाँ आम्दानी स्रोतहरू फेला पर्नेछन्। श्रमको उचित मूल्य पाइनेछ र दैनिकीमा आर्थिक सुधार देखिनेछ। नयाँ काम सुरु गर्न उपयुक्त समय रहेकोछ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    शुभचिन्तकको सहयोग र पुर्खौली सम्पत्तिको सदुपयोगबाट आम्दानी बढ्नेछ। व्यापार, नोकरी र लगानीमा फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। भौतिक साधन संकलन हुनेछ र भविष्यका लागि रुचिका क्षेत्रमा लगानी गर्न सकिनेछ। मिहिनेतले नाम, दाम र अवसर दिलाउनेछ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    सानो प्रयासबाट व्यापार व्यवसाय फस्टाउनेछ र वित्तीय तथा सहकारी संस्थाबाट लाभ मिल्नेछ। नयाँ अवसरहरू प्राप्त भई भविष्यका सम्भावनाहरू खोज्न सकिनेछ। खर्चसँगै आम्दानी बढ्नेछ। शुभचिन्तकको साथले चुनौतीहरू हट्नेछ। प्रयास अनुसार दाम, इनाम र प्रतिष्ठा प्राप्त हुने समय हो।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    व्यापारमा समय खर्चिए पनि आम्दानी कम हुन सक्छ, तर निरन्तरता दिन सकिनेछ। नयाँ आम्दानी स्रोतहरू फेला पर्ने संकेत छन्, यद्यपि उपलब्धिका लागि समय लाग्नेछ। भौतिक सम्पत्ति प्रयोगमा सावधानी आवश्यक छ, नत्र नोक्सानी हुन सक्छ। स्वास्थ्य र खर्चमा विशेष ध्यान दिनु राम्रो हुनेछ। आंशिक लाभ मिल्नेछ भने सहयोगीहरूको साथ पाउने सम्भावना पनि उच्च छ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    व्यवसायमा लगानीबाट राम्रो नाफा कमाउन सकिनेछ भने प्रविधिको प्रयोगले आम्दानीमा वृद्धि हुनेछ। भौतिक साधन जुट्नेछ र छोटो अवधिमा फाइदा उठाउन सकिनेछ। जीवनसाथी तथा शुभचिन्तकहरूको सहयोगले आर्थिक निर्णयहरूमा टेवा पुग्नेछ। दक्षता र सृजनशीलताले आम्दानीको नयाँ बाटो खोल्नेछ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    नयाँ काम थालनी गर्न उपयुक्त समय छ। व्यापार फस्टाउँदै थप लगानीका लागि वातावरण बन्नेछ। खाद्यान्न, निर्माण सामग्री, अटो पार्ट्स र शेयर बजारमा गरिएको लगानीबाट नाफा कमाउन सकिनेछ। प्रतिस्पर्धीलाई किनारा लगाउँदै अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। मिहिनेतले आर्थिक लाभ र दिगो सफलता दिलाउनेछ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    व्यापारिक क्षेत्रमा समय निकै अनुकूल छ। बैंक र वित्तीय क्षेत्रमा लगानीबाट लाभ लिन सकिनेछ। छोटो यात्राबाट व्यवसायिक फाइदा हुनेछ र आफन्तको सहयोगले काममा सफलता मिल्नेछ। नयाँ योजना प्रारम्भ गर्न उत्तम समय छ। मिहिनेतले लक्ष्य प्राप्ति हुनेछ भने बुद्धि र बलले अधिकार र प्रतिष्ठा जोगाउन सहयोग पुर्‍याउनेछ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    समय मध्यम छ। व्यापारमा नाफा कमाउन समय धेरै लाग्नेछ भने कृषि र पशुपालनमा आधुनिकीकरणबाट राम्रो आम्दानी सम्भव छ। पुराना सम्झौतामा सावधानी अपनाउन आवश्यक छ, नत्र लाभांश गुम्न सक्छ। पारिवारिक मनमुटाब र नकारात्मक टिप्पणीले असर पुर्याउन सक्छ। निर्णयमा सतर्कता अपनाउनु पर्नेछ। अधिकारीबाट सहायता पाइने सम्भावना छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय